यथार्थ लाइनहरु

कलम, कसम र कदम सधैं विचारपूर्वक उठाउनु- केही यथार्थ लाइनहरु

१. गलत व्यक्तिसँग तर्क गर्नुभन्दा असल व्यक्तीसँग सम्झौता गर्नु ठिक हो ।

२. जीवन को त्रासदी यो होइन कि जिन्दगी धेरै छिटो नै समाप्त हुने गर्छ, बल्की यो हो कि जीवन को शुरुवात गर्नमा नै हामी धेरै ढिलो गर्छौ ।

३. सम्बन्ध र बिरुवा उस्तै हुन्छन लगाएर बिर्सनु भयो भने दुबै सुकेर जान्छन ।

४. ‘मलाई सबै थाहा छ’ भन्ने सोचाइले नै मानिसलाई कुवाको भ्यागुता बनाउँछ ।

५. कलम, कसम र कदम सधैं विचारपूर्वक उठाउनु पर्दछ।

६. चोरी, निन्दा र झूट यी तीन चीजले मानिसको चरित्रलाई नष्ट गर्दछन ।

७. तपाईले यस संसारलाई जुन नजरले हेर्नू हुन्छ, तपाईं संसार त्यस्तै पाउनु हुन्छ। त्यसैले त भनिन्छ दोष सृष्टिमा होईन दृष्टिमा हुन्छ ।

८. संघर्ष बिना कोहि महान हुँदैन, जबसम्म ढुङ्गामा चोट लाग्दैन तबसम्म ढुङ्गा पनि भगवान बन्न सक्दैन ।

९. मैदानमा हारेको व्यक्ति फेरि जित्न सक्छ तर मनबाट हारे व्यक्तिले कहिले पनि जित्न सक्दैन । मनले हारे हार हुन्छ र मनले जिते जित हुन्छ।

१०. जति आवश्यक हुन्छ त्यतिनै बोल्नुहोस, किनकि खानामा यदि नुन कम वा धेरै भयो भने खानाको स्वाद बिग्रन्छ ।

११. दुनियाकै सबैभन्दा खतरनाक नदी हो ‘भावना’ किनकि यसमा सबै बग्ने गर्दछन ।

१२. आफ्नो अस्तित्व बनाउनुहोस, किनकि कोहि तपाईंलाई छोड्न त सकोस तर भुल्न नसकोस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!