यथार्थ लाइनहरु

जिन्दगीमा दुखलाई कसरी पराजित गर्ने ? – केही यथार्थ लाइनहरु

१. जिन्दगी एकदमै गम्भीर छ, यसको जवाफ नखोज्नु होला किनकि जब जवाफ भेटाउनु हुन्छ तबसम्म सवाल बदलिसकेको हुन्छ ।

२. समय ठिक चलिरहदा गल्ती पनि मजाक बन्छ तर समय खराब हुदाँ मजाक पनि गल्ती बन्छ ।

३. संसारमा ती मान्छे मात्र दुखी छ्न जो सुखको पछि दौडने गर्छन, जस्ले दु:खको सामना गर्छ वास्तवमा तिनीहरु नै सुखी हुन्छ ।

४. माफी माग्नेहरु सबैले गल्ती नगरेका पनि हुन सक्छन्, किनकि कोही कोही मान्छेहरुमा आफू झुकेर पनि सम्बन्ध जोगाउने कला हुन्छ ।

५. जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ । व्यवहार बदलिएर निस्किएको बोलिले नि धेरै कुरालाई टुटाउने गर्छ जीन्दगीमा ।

६. किन चिन्ता गर्नुहुन्छ यदि मान्छेहरुले तपाइलाई बुझेनन भनेर, चिन्ता त तपाइले तब गर्नुपर्छ जब तपाइले आफुलाई बुझ्नुभएको हुदैन ।

७. दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ ।

८. सुन्दर तस्विर नेगेटिभबाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा, त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।

९. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।

१०. छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर ।

११. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

१२. यदि तपाईंलाई अरुले हेला गर्छन भने मतलब नगर्नुस् । किनकि संसारमा अहिले धेरैजसो उही व्यक्ति सफल छन्, जसलाई पहिले कसैले लायक ठानेनन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !