यथार्थ लाइनहरु

के हुन सफलता तथा असफलताका कारणहरु ?

१. प्रत्येक सफल व्यक्तिको पछाडी एक संघर्षपूर्ण कहानी हुन्छ, प्रत्येक संघर्षपूर्ण कहानीको अन्त्य सफलतामा हुन्छ ।

२. डर र साहसका दुई अर्थ छन्, एक सबैथोक बिर्सिएर भाग्नु, दुई सबैथोक सहेर अघि बढ्नु ।

३. नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।

४. प्रयास हमेसा जारी राख्नु, सफल हुनुभयो भने नेतृत्व गर्न सक्नुहुनेछ यदि असफल हुनुभयो भने मार्गदर्शन गर्न सक्नुहुनेछ ।

५. बाटो कहिल्यै बन्द हुदैन अक्सर मान्छेहरु हिम्मत हार्छन ।

६. पछाडी फर्किएर जीवन बुझ्न सकिन्छ तर जिन्दगी जिउनको लागि अगाडि बढ्नु आवश्यक हुन्छ ।

७. जुनदिन तपाइले आफ्नो सोच ठूलो बनाउनुहुन्छ तब ठूला-ठूला मान्छेहरु तपाइको बारेमा सोच्न शुरु गर्नेछन ।

८. सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ, यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ ।

९. समय र जिन्दगी दुनियाकै सर्वश्रेष्ठ शिक्षक हो, जिन्दगीले समय को सदुपयोग सिकाउछ र समय ले जिन्दगी को मूल्य बताउछ ।

१०. सफलता हासिल गर्नको लागि यो जरुरी छैन कि तपाईं को उमेर कति हो, तर यो जरुरी छ कि तपाईं कुन उमेरको सोच राख्नुहुन्छ, किनकी मानिसलाई उमेरले हैन अनुभवले परिपक्व बनाउछ ।

११. जीवनमा सफल हुने अति उत्तम बिधि हो- तपाईले अरुलाइ दिने सुझाव माथि आफै कार्य गर्नुस I

१२. जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन उनीहरूले केहीपनि परिवर्तन गर्न सक्दैनन ।

१३. सफलता कुनै आकस्मिक घटना होइन, यो त लगातारको सिकाइ, प्रयास, मेहनत, आत्मविश्वास, दृढता र कामप्रतिको मायाको नतिजा हो ।

१४. सानो काममा सफल हुनुभन्दा महान काम गर्ने प्रयाशमा असफल हुनु बेस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!