यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह सात

१. मानिसको मानवता त्यो समयमा समाप्त हुन्छ जब ऊ अरूको दुःखमा हाँस्दछ ।

२. चोरी, निन्दा र झूट यी तीन चीजले मानिसको चरित्रलाई नष्ट गर्दछन ।

३. यदि कडा परिश्रम तपाईंको हतियार हो भने सफलता तपाईंको दास हुनेछ।

४. कलम, कसम र कदम सधैं विचारपूर्वक उठाउनु पर्दछ।

५. हरेक असफलताको पछडि सफलताले तपाईंको बाटो हेरिरहेको हुन्छ । त्यसैले जिबनमा जति असफल भए पनि कोसिस गर्न नछोड्नुहोस ।

६. मलाई सबै थाहा छ- यो सोचाइले नै मानिसलाई कुवाको भ्यागुता बनाउँछ ।

७. जीवन को त्रासदी यो होइन कि जिन्दगी धेरै छिटो नै समाप्त हुने गर्छ, बल्की यो हो कि जीवन को शुरुवात गर्नमा नै हामी धेरै ढिलो गर्छौ ।

८. सम्बन्ध र बिरुवा उस्तै हुन्छन् लगाएर बिर्सनु भयो भने दुबै सुकेर जान्छन ।

९. अगाडि बढ्ने मान्छेहरुले कहिल्यै कसैलाई बाधा पुर्याउदैन , र अरुलाई बाधा पुर्याउने व्यक्तिहरु कहिल्यै अगाडि बढ्न सक्दैनन् ।

१०. जिन्दगीमा कसैले साथ दिदैन यो कुरा आजै बुझिहाल्नुस, मान्छेले तपाइलाई तबमात्र सम्झन्छ जब उ संकटमा परेको हुन्छ ।

११. जो मान्छेले तपाईको पछाडी कुरा काट्ने गर्छन तिनिहरुलाई नराम्रो न सोच्नु बरु खुशी हुनुस किनकी तपाईको निशुल्क प्रचार गरि रहेका हुन्छन् ।

१२. कहिलेकाहीँ आफन्तले भनेको तितो बचनलाई पनि पचाउने गर्नुस् किनकी दबाई तितो हुन्छ तर परिणाम मीठो दिने गर्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !