यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु– संग्रह उन्नाइस

जीवन र भोगाईका विभिन्न आयामहरुलाई शब्द मार्फत पस्कने क्रममा आज हामी ‘यथार्थ लाइनहरु’ को उन्नाइसौं खण्डसम आइपुगेका छौ । आजको यो संकलनमा पनि जीवनमा उर्जा दिने, प्रेम र समयलाई बुझाउने अनि यहाँको ह्रदयअली स्पर्श गर्न सफल गराउने खालका भनाइहरु राख्ने प्रयाश गरेका छौ !

१. फूल जतिनै शुन्दर भए पनि प्रशंसा सधै त्यसको मिठो वास्नाको गरिन्छ । त्यसैगरी मान्छे जति नै ठूलो र राम्रो किन नहोस, प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ ।

२. जीवनमा त्यो मान्छेलाई माया गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ- पहिलो; तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दोस्रो; तिम्रो रिस भित्र लुकेको मायालाई र तेस्रो तिम्रो विवशता भित्र लुकेको कारणलाई ।

३. जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी यो पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो पनि कुरा काटिरहेको हुन्छ ।

४. एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।

५. आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ, त्यसैगरी सफलतामा ताली बजाउने हजारौ हातहरु भन्दा दुखको बेला साथ दिएको त्यो एउटा हात नै खास हुन्छ ।

६. नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छन ।

७. मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, पहिलो पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।

८. नदीमा खस्दैमा मृ-त्यु हुदैन, मृ-त्यु तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।

९. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।

१०. दुस्मन र मित्रलाई कहिल्यै पनि विश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै विश्वास गर्दैन र मित्रले कहिल्यै शंका गर्दैन ।

११. दुइ प्रकारको मान्छेले तिमीलाई भन्नेछन कि तिमी केहि गर्न सक्दैनौ- एउटा जसले प्रयास नै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।

१२. नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !