यथार्थ लाइनहरुको विसौ संग्रहमा हामीले यहाँहरु समक्ष सफलता र संघर्ष र सो प्रतिको आफ्नो अभिव्यक्ति सम्ब्नाधि केही लाइनहरुको संकलन लिएर आएका छौ; आशा गर्दछौ यी लाइनहरुले यहाँको मन छुन अवश्य सफल रहनेछ;
१. यदि तपाई भित्रको मान्छेले तपाईमाथी विश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।
२. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन- एउटा जो सोच्छन तर गर्दैनन र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन ।
३. जसलाई सपना देख्ने उर्जा छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने उर्जा छ उसलाई दिन छोटो लाग्छ ।
४. वृद्ध मान्छे विगतमा बच्ने गर्छ त्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा बाच्ने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै वर्तमानमा बाच्ने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।
५. मान्छेले घर बदल्छ, सम्बन्ध बदल्छ, साथीलाई बदल्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदल्न विर्सन्छ ।
६. जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैन भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैन ।
७. इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।
८. जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामर्थ्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
९. जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।
१०. सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।
११. सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।
१२. जब यो स्पष्ट हुन्छ कि लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
so good