यथार्थ लाइनहरु

यथार्थ लाइनहरु- संग्रह एक्काइस

यहाँ हामीले यथार्थ मनछुने लाइनहरुको एक्काइसौं संग्रह प्रस्तुत गर्दछौ; यी भनाइहरुले पक्कै यहाँको हृदय छुन सफल रहनेछ ।

१. जसरी रातले चन्दमालाई चम्कन सिकाउछ त्यसै गरि दुख र संघर्षले मान्छेलाई जिन्दगी बुझ्न सिकाउछ ।

२. सबैभन्दा महत्वपूर्ण कुराहरु हामीले विद्यालयमा सिक्दैनौं, जीवनका अनुभवहरुमा सिक्छौं ।

३. जब जब हामीले आफैले आफैलाई स्वीकार्न सुरु गर्दछौ तब हाम्रो विकास सुरु हुन्छ ।

४. समझदार बन्नु छ भने अरुको गल्तिबाट सिख्नुहोस। यदि आफै माथी प्रयोग गर्न थाल्नु भयो भने त तपाईको पुरै जिन्दगी पनि कम पर्ने छ।

५. ठूलो ठूलो सफलता पनि एक पलमा धरासाई हुन सक्छ यदि त्यो सफलता कसैलाई निचा देखाउन पाइएको हो भने ।

६. छालहरु को डरले ढुङ्गा कहिल्यै पार हुँदैन, कोशिश गर्ने वालाको कहिल्यै हार हुँदैन ।

७. जति आवश्यक हुन्छ त्यतिनै बोल्नुहोस, किनकि खानामा यदि नुन कम वा धेरै भयो भने खानाको स्वाद बिग्रन्छ ।

८. सबैभन्दा महत्वपूर्ण कुरा आफैसँगको मित्रता हो । किनकी यो मित्रता विना संसारका अन्य कसैसँग पनि मित्रता जोड्न सकिदैन ।

९. मान्छे के सोचछन यो सोचेर हामी जिन्दगी जिउछौ, तर भगवान के सोच्नुहुन्छ यसलाई कहिले सोच्नु भएको छ ?

१०. सफल व्यक्तिहरूले कुनै फरक काम गर्दैनन्, तिनीहरू केवल फरक तरिकाले काम गर्छन्

११. मैदानमा हारेको व्यक्ति फेरि जित्न सक्छ तर मनबाट हारे व्यक्तिले कहिले पनि जित्न सक्दैन। मनले हारे हार हुन्छ र मनले जिते जित हुन्छ।

१२. यदि कुनै व्यक्ति केहि गर्न चाहन्छभने संसारमा कुनै पनि कुरा असम्भव छैन।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !