यथार्थ लाइनहरु

आफूलाई कहिल्यै कसैसित तुलना नगर्नुस – केही लाइनहरु

१. पैसाको पछि मुर्खहरु मात्र लाग्छन बुद्धिमानले त काम खोज्छन काम, किनकी उनिहरुलाई थाहा छ कर्म नै पैसा हो ।

२. बदलिने मौसम, बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।

३. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।

५. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

६. राम्रो सोच ले मान्छेलाई हमेशा  राम्रोबाटो देखाउछ ।

७. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।

८. दुनियाको मान्छे धेरै निर्दयी छ, उसले तिम्रो दुख दर्द मा रोइ रोइ सोध्छन र हाँसी हाँसी सारा दुनियालाई बताउछन । (आजका युट्युबरहरुको काम नै यही छ !)

९. जिन्दगी त आफ्नै तरीकाले चल्दछ, अरुको सहाराले त वस कात्रो निस्कने गर्छ ।

१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस  जसको बिश्वास तपाइमाथी तब पनि होस  जब तपाइको समय बदलिन्छ ।

११. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१२. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !