१. जब कोहि देखेर पनि नदेखेको जस्तो गर्छ भने बुझिहाल्नुस कि उसको नजर तपाईं माथी नै छ ।
२. कठिन समयमा नै सबैको रङ देखिन्छ, दिनको उज्यालोमा त पानीपनि चाँदी जस्तो देखिन्छ ।
३. जब दुश्मनले पनि दिनरात तपाइको कुभलो चिताउन थाल्छ भने सम्झिहाल्नुस कि उसलाइ पनि तपाइको सफलताको बारे भरोसा भइसकेको छ ।
४. जसले मलाइ बुझ्न सकेन उसलाई हक छ कि मलाइ `खराब´ नै सम्झियोस ।
५. साथीहरुलाई हमेशा दिल मा राख्नुस र दुश्मनहरुलाई हमेशा नजर मा ।
६. गल्तिले सम्बन्ध अहिले सम्म टुटेको छैन , टुटेको छ भने केवल गलत बुझाइ ले ।
७. जिंदगी मा शांति सित जिउने दुइवटा तरीका मात्र छ : माफ़ गरिदिनुस त्यससलाई जसलाई तपाईं भुल्न सक्नुहुन्न; भूलीदिनुस त्यसलाई जसलाई तपाईं माफ़ गर्न सक्नुहुन्न ।
८. मान्छेले नै मान्छेको बाटो काटीरहेको छ, बिरालो त केवल नामले बदनाम छ ।
९. प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्ग मा हिड्दै गरेको “पाउ ” र सत्य सित जोडिएको “जीब्रो”, ईश्वरलाई धेरै मन पर्छ ।
१०. मान्छे गर-गहनाले होइन विचार र स्वभाव ले सु-सज्जित हुन्छ ।
११. सबै साथी कामको, सबैको आफ्नो मोल जो संकट मा साथ दिन्छ उहीँ सबैभन्दा अनमोल ।
१२. त्यो अँध्यारो नै सहि थियो जब कदम पथ मा थियो, प्रकाश ले लिएर आयो मलाई गन्तव्यबाट धेरै टाढा ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
good