यथार्थ लाइनहरु

जाडो र बेइजती जति सोच्यो, त्यती धेरै महशुस हुन्छ – यथार्थ लाइनहरु

१. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ।

२. हुने कुराको पनि कुरा बन्छन्, नभएको कुराको पनि कुरा बन्छन्, अनि धेरै कुराकानी हुने चाही नभएकै कुराको हो।

३. सत्य कुरा साधारण हुन्छ, तर कसैलाई सम्झाउन पर्दा यहि सबै भन्दा कठिन हुन जान्छ।

४. सम्बन्ध सियो जस्तो हुन्छ, यसमा झुठको गाँठो नपार्नुस्, किनकी गाँठो भएको धागो सियोमा पस्न निक्कै गाह्रो हुन्छ।

५. तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।

६. अरुको समीक्षा गर्नुपूर्व, उनीहरु हिडेको मार्गमा समीक्षक थोरै भएपनि हिडेको हुनुपर्छ।

७. आफन्तहरुसँग राम्रो सम्बन्ध बनाएर बस्नु छ भने, गणित र राजनीति भन्ने दुई विषयमा कमजोर हुनु आवश्यक छ ।

८. तारिफको चाहना त केहि गर्न नसक्ने मानिसहरुलाई हुन्छ । हुनर भएका व्यक्ति त सधैं आलोचनाको लागि तयार हुन्छन ।

९. मतलबको कुरा बुझ्नु साधारण हो, तर कुनैपनि कुराको मतलब बुझ्नु खास हो ।

१०. कुनै पनि व्यक्ति जन्मदै महान हुँदैन, उ महान बन्छ आफ्नो कार्यहरुले गर्दा ।

११. उन्नति चाहने व्यक्तिले निद्रा, थकाइ, झुठ, क्रोध, अल्छीपन र रिस जस्ता अवगुणहरुलाई त्याग्नु पर्दछ ।

१२. जाडो र बेइजती जति महशुस गर्यो, त्यती धेरै महशुस हुन्छ !

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !