सफल भनाइ

तपाईंको विचार नै तपाईंको भाग्यको निर्माता हो – सफल भनाइहरु

१. कुनै पनि कुरालाई धेरै सोच्नुले तपाईंलाई धेरै उल्झनमा राख्छ, तपाईंको चिन्ता बढाउछ र त्यो कुरालाई धेरै गाह्रो बनाइदिन्छ ।-अज्ञात

२. बाहिरी सुन्दरता त अस्थायी हो । तपाईंलाई जीवनभर तपाईंको भित्री सुन्दरताले साथ दिनेछ।- एलीसिया मेकेडो

३. आफुले गरेको जुन कार्यको लागि कुनै स्पष्टीकरण दिन या क्षमा माग्नु पर्दैन, त्यही सहि कार्य हो। -रेड ओयूरबैक

४. अरुलाई नियन्त्रित गर्न सक्ने व्यक्ति शक्तिशाली हुनसक्छ तर जसले स्वयम् आफुलाई मजाले नियन्त्रित गर्न सक्छ उ महान बलशाली हुन्छ। -ताओ ते चिंग

५. असफलता कुनैपनि कार्यलाई फेरी एकपटक थप ध्यान दिएर आरम्भ गर्ने सुवर्ण अवसर हो। -हेनरी फोर्ड

६. परिस्थिती बग्ने हावा जस्तो हो, तपाईं त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर आफु कुन मार्ग जाने यो तपाईंकै कुरा हो। -एंथनी रोब्बिन्स

७. जब सम्म तपाईं स्वयम् चाहनुहुन्न तब सम्म तपाईंलाई कसैले पनि ईर्ष्यालु, क्रोधी, प्रतिशोधी र लालची बनाउन सक्दैन। -नेपोलियन हिल

८. एउटा असल मित्र मात्र त्यो दुर्लभ मान्छे हो जसले हाम्रो हालखबर सोधेर हाम्रो उत्तरपनि सुन्छ। -एड कनिंघम

९. तपाईं आफूलाई जे ठिक लाग्छ त्यो गर्नुहोस् किनकी आलोचना गर्ने मान्छेले जे गर्दा पनि आलोचना त गर्छन्। -एलेनोर रूसवेल्ट

१०. तपाईंको विचार नै तपाईंको भाग्यको निर्माता हो। -डेविड ओ. मैके

११. कुनैपनि कदम उठाउनु अघि यदि तपाईं सबै कुरा सुनिश्चित बनाउन चाहनुहुन्छ भने तपाईंले जीवनमा धेरै काम नगर्न सक्नुहुन्छ। -विन बॉर्डेन

१२. अतितको सम्झनामा हैन भविष्यको कल्पना गरेर जीवन बिताउनुहोस्। -स्टीफन कोवि

१३. हामीले जे पाउछौं त्यसले हाम्रो जीवन निर्वाह हुन्छ अनि हामीले जे दिन्छौं त्यसले हाम्रो जीवन निर्माण हुन्छ। -विंस्टन चर्चिल

प्रतिक्रियाहरु

Leave a Reply to Yaasuu Nyaupane Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!