प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

जीवन र पिडा र खुसी सम्बन्धि उत्कृष्ट भनाइहरु

१. मेरो आत्मालाई मेरो हृदयदेखि मुस्कुराउन देउ, अनि मेरो हृदय मेरो आँखाद्वारा मुस्कुराउन देउ ताकी म दुखी हृदयमा मुस्कान छर्न सकु । – परमहंस योगानंद

२. हास, अनि सारा संसार तिमिसंगै हास्नेछ । रोनु तब सारा संसार तिमिसंगै रुनेछ । – इला व्हिलर

३. आजका राम्रा दिनहरु भोलीको लागि दुखका यादहरु हुन् । – बब मर्ली

४. जबतिमि कही असल र राम्रो काम गर्दछौ तबपनि कसैले मतलब गर्दैनन् भने दुखी नबन । किनकि सुर्योदय कति सुन्दर हुन्छ तर हेर्नेहरु प्राय निद्रामा नै भएका हुन्छन । – जोन लेनोन

५. हामी कहिल्यैपनि हाम्रा आशुहरुको लागि लज्जित हुनु आवश्यक पर्दैन । – चार्ल्स डिकेन्स

६. संसार दुखले भरिएको छ, तर सबै दुखहरुलाई जित्न सकिन्छ । – हेलेन केलर

७. यदि तिमि दुखि बन्न चाहन्छौ भने कसैले पनि तिमीलाई खुसी दिन सक्दैन तर जब तिमि आफ्नो मनले खुसी बन्न चाहन्छौ तब कसैले पनि तिम्रो खुसी हरण गर्न सक्दैन । – परमहँस योगानन्द

८. हरेक मानिससंग उसको भित्र लुकेको पिडा हुन्छ जुन बाहिरि संसारलाई थाहा हुदैन । र जब मानिस आफ्नो त्यो पिडामा हुन्छ र बाहिरि संसारसंग खासै वास्ता गर्दैन तब हामी उसलाई कठोर भन्ने गर्दछौ । लंग्फेलो

९. प्रेमले कहिल्यै पनि मेरो बन्धन भित्र बसोस भन्ने चाहदैन, प्रेमले त स्वतन्त्रता दिन्छ । – रविन्द्रनाथ ठाकुर

१०. जब सबैतिर अध्यारो हुन्छ, तब मात्रै तारा देख्न सकिन्छ । – राल्फ वाल्डो इमर्सन

११. भगवानले तिमीले कति मेडल, प्रमाण-पत्र, डिप्लोमा पायौ भनेर हेर्दैनन् बरु मेहेनतले तिम्रा हातमा उठेका ठेलाहरु हेर्दछन । – अल्बर्ट हब्बार्ड

१२. एक्लो रुख जब बढ्न थाल्छन तब बलियो बनेर बढ्दछन् । – विन्स्टन चर्चिल

प्रतिक्रिया

Leave a Reply to Rim Bibas Dc Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!