यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रिहत्तर

१. भाविले आँसु त लेखे छन खुशी भने लेख्नै बिर्सेछ्न ।

२. प्रेम हुन्छ नै त्यस्तो; हसाउनेको मात्र होइन रुवाउनेको पनि माया लाग्छ ।

३. दिन त जसोतसो बिन्छ तर पल्टिन्छु तब मनमा पिडाहरुले सताउछ्न ।

४. खुशी किन्ने पैसाको रंग कस्तो हुन्छ, किनकि मलाई त्यही पैसा कमाउनु छ ।

५. आज धेरै रोए म जब पुरानो तस्बिरमा आफैलाइ खुशी देखे ।

६. धेरै सुन्दर पल थियो तर के गर्नु त्यो बितेका दिनहरु थिए ।

७. तिम्रो दिल त दुखाएको थिइन तर पीडा भने म नै सहदैछु ।

८. गल्ती भएको भए त माफी माग्थे मैले त माया गरेको थिए ।

९. आफै रोए अनि आफै चुप भए यहि सोचेर यदि कोहि आफ्नो हुन्थ्यो त रुन दिदैन थियो ।

१०. जब सास थियो एक्लै हिड्दै थिए सासले साथ छोड्यो तब साथ हिड्न थाले ।

११. दिलमा चाहना हुन जरुरी हुन्छ नभए याद त सधै दुश्मन ले पनि गर्छ ।

१२. यहाँ सबै आफ्नै हुने गर्छन तर मात्र कुरा ले ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !