प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु सृंखला-७

१.  चोट पनि धेरै प्रकारको हुन्छ तर बिना गल्तीमा पाएको चोटले सारै पीडा हुन्छ!

२. मान्छेको मुटु ढुङ्गाको त कदापी पनि हुदैन तर पनि किन यत्ती धेरै कठोर बन्छन्!

३. जब तपाई कुनै कुराबाट आफु खुसी हुनु हुन्न भने, अरूलाई पनि त्यो कुराबाट कहिल्यै खुसी पार्न सक्नु हुन्न।

४. सुन्दरता हेर्ने आँखामा भरपर्छ बाहिरी शरीर त केबल दुई दिनको आबरण मात्रै हो।

५. जहाँ असल भावना हुन्छ त्यहीँ भगवानको वास हुन्छ।

६. बिश्वास यस्तो मान्छेसगँ गर जो आफ्नो दुखलाई लुकाएर तिम्रो पीडामा आफ्नो हातले आँसुहरु पुछीदियोस!

७. कुनैकुनै मान्छेको बोलिमा यति शक्तिशाली हुन्छ कि डरलाग्दो रोग भन्दा नि ठुलो दर्दनाक हुन्छ मुटु पोलिरहन्छ जहिल्यै नि!

८. प्रत्येक मानिसको हृदय भित्र एउटा विशाल आकास हुन्छ,तर फरक यति हो कि।कसैको उज्यालोमा निलो आकास हुन्छ भने कसैको अँध्यारो बादल लागेको हुन्छ!

९. जिन्दगीको यात्रामा अनेकौं दुखहरु आउछन् धैर्यताका साथ त्यसलाई पन्छाउदै अगाडी बढ्नु पर्छ।किनकी धैर्यता भन्दा जिन्दगिको अर्को ठूलो परिक्षा हुदैन!

१०. अरुलाई चोट दिनु भनेको कालो पाटी केर्नु जस्तै हो। डस्टरले जति मेटे पनि, धूलो हृदयमा बसिराख्छ,स्मार्ट नबन्नु होस् ज्ञानि बन्नु होस्!

११. कुनै पिडा यस्तो हुन्छ जसलाई बयान गर्न शब्द कोष पल्टाउदा पनि शब्द भेटिदैनन्!

१२. तपाईंको जिन्दगीमा पहिलो मायाको कुरा जोसित नि जतिसुकै नै गर्नुहोस् तर पहिलो माया त आमाबाबु बाटैनै सुरुवात हुन्छ ख्याल गर्नुहोस्!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!