प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-११

१. पहिलो पल्टनै मानीसको बोली र व्यबहारले थाहा हुन्छ उसलाई मनमा सजाउने कि फ्रेममा,आफैं सोच्नुपर्छ!

२. खुसीहरु हराएको हुदैनन् जो खोज्दैमा पाउदैन, खुसीहरु त आफैं भित्र हुन्छ जो चिन्नु सकेमा मात्र पाइन्छ!

३. यदी आफुले आफैंलाई सच्चा प्रेम गर्छौं भने अरुलाई पिडा र चोट दिन्नु सक्दैनौं!

४. इज्जत र प्रेमको हकदार उसैलाई बनाउनु होस् जसले तपाईंको हरेक दुख र सुखमा साथ दिन्छ स्वार्थी मान्छेले त इज्जत लुटेर बोल्नु नै छोड्छ!

५. पैसाले भौतिक आवश्यकता पुरा गर्छ तर भावनात्मक कुराहरु पुरा गर्नुलाई माया चाहिन्छ!

६. जिन्दगी यस्तो होस् घृणाले भरिएको जीत भन्दा माया र प्रेमले भरिएको हार होस्।

७. जबसम्म तपाईले आफ्नो गल्तीको जिम्मेवारी आफैं लिनुहुन्न तबसम्म तपाईं कहिल्यै पनि सफल हुनुहुन्न!

८. धेरै बिश्वास पनि नगर आफ्नो भनेर, थाहै हुदैन तिनीहरुले कतिबेला साथ अनि हात छोडी दिन्छ!

९. आखिर मान्छेले सजिलैसँगले पाएको हरेक कुराहरुको कुनै पनि मुल्यनै हुँदैन किनकी, फुलहरु पनि भिर र पहाड्को पहरामा फुलेको फुलहरु नै राम्रोसँग देखिन्छ!

१०. जब कसैले भरोसा टुट्छ, त्यसको दर्द हट्डी टुटेको भन्दा धेरै बढी हुन्छ!

११. समय आफ्नो बसमा कहाँ रहन्छ र रहने त केबल यादहरु मात्रै रहने छ!

१२. खराब समयले दर्द दिदैन तर आफ्नो सब भन्दा धेरै मिल्ने साथीले खराब समयमा साथ छोड्यो भने अतिनै दर्द हुन्छ!

 

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !