प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१३

१. माया यसरी गर्नु कि त्यहाँ ~ घृणा कहिल्यै नहोस्!

२. जिन्दगी एक यस्तो खेल रैछ जहाँ खेलाडी त बदलिन्छनै तर खेल चाहिँ चलिरहेको हुन्छ निरन्तर, त्यसरीनै जिन्दगी जस्तोसुकै परिस्थितिमा पनि चलिरहेको हुन्छ!

३. हामी त्यहीँ हौ जुन हाम्रो सोचले बनाएको छ, त्यसैले यो कुरालाई हमेशा ध्यान राख्नुस कि तपाईं कस्तो सोच्नु हुन्छ!

४. फलामलाई फलामले काट्छ, तर रिसलाइ रिसले होइन मुस्कानले काट्छ त्यसैले मुस्कान देउ आत्मीयता बढ्ने छ!

५. दुनियाँमा सब कुराहरु बुझ्न र सिक्नु सकिन्छ होला तर कप्टी र निष्ठुरी मान्छेको मन बुझ्न् कहिल्यै पनि सकिँदैन!

६. मान्छे राम्रो भएर हुँदैन मन पनि रामो हुनुपर्छ!

७. मान्छे जति सुकै खुशी किन नहोस् तर खुशी बाड्नको लागि कोही मान्छे नै छैन भने त्यो खुशीको कुनै अर्थ हुँदैन!

८. सुन्दरता भनेको सृष्टिमा होइन दृष्टिमा हुन्छ तपाईं कुनै पनि बस्तुलाई जुन नजरले हेर्नु हुन्छ त्यहीँ रूपमा पाउनु हुन्छ!

९. आवश्यकता भन्दा धेरै राम्रो बन्यौ भने कागती को जस्तै निचोडिने छौ

१०. बरु सत्य बोलेर टाढा जानू परोस् तर झुटले सम्बन्ध टिकाउनु नपरोस् जति दुख्नु छ मन मेरै दुखोस् तर कसैको मन दुखाउनु नपरोस्!

११. कसैलाई काम लगाउनु होस् तर कसैलाई दोष नलगाउनु होस्!

१२. मलाई लाग्छ संसारमा सबै भन्दा ठुलो आमा हुन् , किनकी आमाले जन्म नदिएको भए आज यो दुनियाँमा सानो ठुलोको कुनै महसुस हुने थिएन!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!