प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१८

१. तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रो सपनासँग कहिल्यै सम्झौता नगर !
– इमरान खान (नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री)

२. हरेक सम्बन्ध मजबुतनै हुन्छ चाहे त्यो रगतको होस् या भावनाको होस्, कमजोरी त केबल निभाउनेहरुमा हुन्छ!

३. कसैलाई बदला लिनुको आनन्द दुई चार दिनको मात्र हुन्छ तर माफ गर्नुको आनन्द भनेको जिन्दगीभरको हुनेछ!

४. जिन्दगीमा हास्नु अनि बाच्नुनै सबै भन्दा ठूलो कुरो हो, दुनियाँमा कति प्रायः मान्छे चाहेर पनि बाच्न नपाउनेहरु धेरै छन्!

५. सेवा सबैलाई गर तर आश कसैबाट नगर किनकी सेवाको सहि मुल्य भगवानले दिन्छ मान्छेले होइन!

६. मानिसका आवश्यकता पूरा हुन सक्छ तर इच्छा कहिल्यै पूरा हुन सक्दैन!

७. जिन्दगीमा पछुतो गर्नु छोडिदेउ,बरु यस्तो काम गर कि तिमिलाई छोड्नेहरु पछुताओस्!

८. पैसा मात्र सबथोक होइन मनको सन्तुष्ट पनि हुनु पर्छ!

९. बिमारले भन्दा धेरै खराब बिचारले कम्जोर बनाउछ मान्छेलाई!

१०. जसबाट सबभन्दा धेरै आशा राखिएको हुन्छ उसैबाट निरास हुँदाको पीडा भयंकर हुन्छ, मानिसलाई परिवर्तन गराउने कारण बन्दिन्छ, त्यसैले अरु बाट धेरै आश राख्नु आफैलाइ हानिकारक हुन्छ!

११. जुन चिज सजिलै पाइन्छ त्यो धोका हो, जुन चिज मुस्किलले पाइन्छ त्यो इज्जत हो!

१२. कसैलाई पनि कहिल्यै दुख नदिउ किनकी दिएको सबै चिजबाट एकदिन ब्याज सहित हिसाब आउने छन्!

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !