१. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ!
२. जिबन जिउनलाई एउटा साथि रोज्नु होस् तर सारासंसार उसैलाई नसोच्नुहोस् किनकी समयको कुनै भरोसा हुदैन!
३. जुन कुरा आफ्नो आमाबुबा र गुरु बर्ग देखि सिक्ने समय मिल्दैन त्यो कुरा मान्छेलाई समय र परिस्थितिले आफै सिकाउदै जान्छ!
४. राम्रो मान्छेसंग राम्रो बन,नराम्रो मान्छेसंग नराम्रो होईन किनकी चोट लाग्दाको रगत पानीले सफा गर्न सकिन्छ रगतले होईन!
५. बिश्वास पनि जिन्दगीको एउटा ऎना जस्तै हो, जो एकचोटी फुटेपछि कहिल्यै जोडीदैन!
६. जिन्दगीको बाटो बनेको मिल्दैन आफै बनाउनुपर्छ ,जसले जस्तो बाटो बनाउछ उसले त्यस्तै लक्ष्य पाउछन्!
७. आवश्यकता भन्दा बढी आफुलाई पनि विश्वास नगर्नुस्, किनकी overconfidence आउँछ, र तपाईं दुर्घटनामा पर्न सक्नु हुन्छ!
८. मान्छेलाई उमेरले होईन दुख पीडाहरु अनि कष्ट र चोटहरुले मान्छेलाई परिवर्तनको साथ् परिपक्का बनाएको हुन्छ!
९. राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर,राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन!
१०. कसैलाई चोटपटक पुराउरा भनेको एकदमै सोचेर बिचार गरेरमात्र पुराउनु किनकी जङ्गलमा सुरिलो रुख ढाल्नु भनेको कहिल्यै पनि सिधा नहुनू हो!
११. जसले आमाबाबुलाई स्वर्ग लिएर जान्छ त्यो छोरा हो, जसले स्वर्गलाईनै घरमा लिएर आउछ त्यो छोरी हो,र जसले घरलाईनै स्वर्ग बनाइदिन्छ त्यो बुहारी हो!
१२. आफ्नो गल्तीलाई लुकाउनु आफैंलाई धोका दिनु हो!


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !