प्रेमिल लाइनहरु

केहि प्रेमिल लाइनहरु -२

१. एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ ।

२. म तिम्रो लागि त्यति किमती बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस ।

३. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ ।

४. मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदैन ।

५. छोडिदिए मैले त्यस्ता मान्छेहरुको अघि झुक्न जसलाई मेरो कहिल्यै कुनै कदर नै थिएन ।

६. भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुन्छ ।

७. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ ।

८. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस ।

९. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

१०. माया र मजाक हरकोहि सँग गरिदैन ।

११. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।

१२. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !