प्रेमिल लाइनहरु

केहि प्रेमिल लाइनहरु -६

१. जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुन लाइ त पीडा हरसमय त हुदैन ।

२. थहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि उ चोट र पिडा दिन कहिल्यै पछि हटिन ।

३. धेरै दिल तिनीहरुले नै दुखाउदा रैछन जसलाइ आफुलाइ भन्दा धेरै माया गरिन्छ ।

४. कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

५. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।

६. प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।

७. खै कुन्नी प्रेममा किन यस्तो हुन्छ , जसलाई मनले चाहेको हुन्छ उसैलाई गुमाउन बाध्य हुनुपर्छ ।

८. ‪पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

९. ‪धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न‬ ‪र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन दुखाउन ‬।

१०. प्रेम यसरी गर छोडेर गएकाले पनि तिम्रो प्रेम सम्झेर फेरि फर्केर आउन् ।

११.‪मेरो मात्र होइन अरु पनि धेरै कहानीहरु अधुरै रहे होला । ‪यहि सोचेर आजभोलि मेरा आखामा आँसु थामिने गर्छन्।

१२. कति धेरै याद आउँछ उसको जो साथमा बस्न कहिल्यै मानेन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !