१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस ।
२. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास ।
३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ ।
४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !
५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो ।
६. देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।
७. कहिलेकाही मन मा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमी लाइ पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि ।
८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि ।
९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन अनुहार भन्दा बढी राम्रो होस ।
१०. कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो रहेछ।
११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो ।
१२. धेरै सोचे, धेरै रोए, धेरै सम्झे अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमी संग छुटिएर यति तड्पिनु भन्दा तिमी संग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !