प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ३

१. दुनिया तपाइलाई तबसम्म हराउन सक्दैन जबसम्म तपाई आफैसंग हर्नुहुन्न ।

२. जिन्दगि पनि जस्तो होस्, बाटो आफै खोजेर बग्न सक्ने तर त्यो पत्थरको जस्तो होइन जसले अर्काको बाटो छेक्ने गर्छ ।

३. भरोसा आफैसंग हुनुपर्दछ हेर्नुस त चारालाई पनि नक्सा थाहा छैन तर पनि गन्तव्यमा पुग्ने गर्दछ ।

४. मान्छेले नै मान्छेको बाटो काटिरहेको छ यहाँ बिरालो त यसै नै बद्नाम भएको हो ।

५. कायर मान्छे त्यो हो जसले दुख देखि डराएर संसार नै त्यागी दिन्छ ।

६. जुन बुहारी श्रीमानको भन्दा सासु ससुराको बढी ख्याल राख्छे उसलाइ श्रीमानको माया मात्र होइन आफन्तको सम्मान पनि मिल्दछ ।

७. बिडम्बना यहि छ; साथी त धेरै छन् तर साथ कसैको छैन ।

८. मायाको कुनै गन्तव्य हुदैन, यो त सिर्फ यात्रा हो ।

९. आफ्नो पिडा सबैलाई नाबताउनुस, किनकि सबैको गाह्र मल्हम हुदैन तर नुन अवश्य हुन्छ ।

१०. जहाँ विश्वास हुन्छ त्यहाँ प्रमाण चाहिदैन, के गीतामा श्रीकृष्ण भगवानको हस्ताक्षर छ र ?

११. कमाउन नसकेको धन, रमाउन नसकेको मन, विर्सन नसकेको दिन, तिर्न नसकेको ऋण, बचाउन नसकेको पैसा, सुत्न नसकेको निद्रले सदैव बेचैनी र छटपटी मात्र दिने रहेछ ।

१२. जब बच्चा थिए छिट्टै ठुलो हुन चाहन्थे तर जब आज थाहा भयो टुटेका सपना र चिरिएका मुटु भन्दा आधा अधुरा गृहकार्य र टुटेफुटेका भाडाकुटि नै धेरै सुन्दर र अविस्मरणीय रहेछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !