प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ४

१. भावना अनि मन तिनीहरुले बुझ्ने गर्दछन जससँग आफ्नो दुख अनि पिडा मिल्ने गर्दछ ।

२. जीवनमा संघर्ष गर्दा गर्दै यति साल भइन्छ कि मानिसले फुल अबिर दलेर चार जनाले बोकेर भगवानकै शरणमा पुर्याइदिन्छन ।

३. जिन्दगि त हल्काफुल्का नै हो, बस बोझ सपनाको भैदियो ।

४. माया प्रेम चल्ने भनेको त फिल्मको कहानीमा हो, जिन्दगिमा त अन्तिमसम्म संघर्ष र परिश्रमले चाहिन्छ ।

५. यदि जिन्दगिमा केहि बुझ्न चाहन्छौ भने आफ्नो आमा बुवालाइ बुझ, किनकि जिन्दगीमा उनीहरुजतीको सर्वोत्तम परिभाषा अर्को छैन ।

६. कुनैपनि चिज पाउनु अघि र गुमैसकेपछी मात्र मुल्यवान लाग्दछ ।

७. रहरहरु त पैसा हुदा जन्मन्छन, पैसा नहुदा वस्, सपनाहरु जन्मने हुन् ।

८. आफुमा भएको अहंकारलाइ फाल्नुस र आफुलाई हलुका बनाउनुस, किनकि जो हल्का हुन्छ त्यहि नै माथिसम्म उड्न सक्छ ।

९. रोटीको चार वटा टुक्रा र खाने मान्छे पाच जना हुदा मलाई भोक छैन भन्ने बस आमा मात्र हुन् ।

१०. अरु हैन आफु हुन सिक; दुनिया त के छ के छ !

११. कलम रोए अक्षर बन्छ, कवि रोए कविता, धनि मरे श्रद्धाञ्जली हुन्छ गरिब मरे रमिता ।

१२. एउटा कुरा पक्का गराउनुस, जीवनसाथी सुन्दर होस् वा नहोस तर समझदार भने पक्कै होस् ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !