प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ५

१. दुख जिन्दगीले होइन चाहनाले दिने गर्दछ ।

२. कुनैबेला उमेर यस्तो थियो जहाँ जादुमा पनि विश्वास गरिन्थ्यो, अहिले उमेर यस्तो छ जहाँ वास्तविकतामा पनि शंका लाग्ने गर्दछ ।

३. म अक्सर कसैसंग बोल्दिन जो संग बोल्छु बोल्ने आदत बनाइदिन्छु ।

४. मान्छेको इज्जत हुनुपर्छ औकात त कुकुरको पनि हुन्छ ।

५. जिन्दगि पुरै दौडेर बित्ने भयो, कहिले सपनाले लखेटेर, कहिले आशाले तानेर, कहिले कल्पनाले लोभाएर त कहिले डरले तर्साएर ।

६. तिनीहरुलाई छिटै रिस उठ्छ जसको मनमा कुनै पाप हुदैन ।

७. शरीरको घाउ केहि दिनलाई हुन्छ मनको घाउ जिन्दगिभारलाई हुन्छ ।

८. यदि नजर अरुको चिजमाथि छ भने आफ्नो चिज फिक्क लग्नें गर्दछ ।

९. म जो जस्तो छ उस्तै व्यवहार गर्दैछु यसैले त मलाई सबैले स्वार्थी भन्ने गर्दछन ।

१०. आमा : मलाई अरुको माया भन्दा हजुरको गाली नै प्यारो ।

११. आखिर घमण्ड नै के चिजको गर्नु छ र, आज माटो माथि हिडिन्छ भने भोलि माटो मुनि दबिने न हो ।

१२. घमण्डले ले तिमीलाई ठुलो त बनाउला तर असल कहिल्यै बनाउने छैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !