प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ७

१. जिन्दगीको यात्रामा सपना पुरा भइरहेको छैन भने बाटो बदल्नुस सिद्धान्त होइन किनकि रुखले हमेसा पात बदल्ने गर्छ जरा होइन ।

२. खुसीलाइ हतार थियो उ रोकिएन, पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन ! आज सोधीहाले छायालाइ त किन मेरो साथ छ; छायाले पनि भयो म बाहेक तेरो साथ अरु को नै छ र ?

३. त्यो आकाश जस्तै विशाल र उच्च बन्नुहोस जसलाई हेरेर थुक्दा छिटा आफ्नै मुखमा परोस ।

४. जिन्दगि दुइ चिजमा मात्र अड्किएको रहेछ- एउटा सासमा एउटा आशामा ।

५. तपाई असल मानिस खोज्दै नहिद्नुस; बरु आफै असल बनिदिनुस ताकी तपाइलाई भेटेर अरु कसैको खोजी पूरा होस् ।

६. विश्वासमा ‘विष’ पनि छ  ‘आश’ पनि छ; दुइ मा कुन लिने त्यो तपाईमा निर्भर रहन्छ ।

७. पैसा नभए पछी आफ्नै हातले गोजीको वास्ता गर्दैन बाकी दुनियाको के कुरा गर्नु ।

८. जिन्दगीको हालत यस्तो भएको छ; पिडा नै पिडा छ तर घाउ कतै देखिदैन ।

९. जो मानिस अत्यधिक विचार गर्ने हुन्छ त्यो मानिस अत्यधिक चिन्तित हुने पनि गर्छ ।

१०. विना कसमको माया त आमाको मात्र हुने रहेछ अरुको त सयौ कसम अनि बाचा तर पालना शुन्य ।

११. संस्कार विर्सेर सम्पतिको पछी लाग्नेहरुलाइ आत्मसन्तुष्टि कहिल्यै मिल्दैन ।

१२. आफुलाई त्यति धेरै महान पनि नसम्झनु कि अरुले तपाइलाई घमण्डी सम्झिउन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !