प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ८

१. जिम्मेवारी उमेरले होइन परिस्थितिले बनाउने रहेछ ।

२. चित्र र चरित्र एउटै हुन्, सजाएर राखे अमर हुन्छन तर बजारमा राखे व्यापार ।

३. सपना त्यो हो जसले सुत्न दिदैन; आफ्नो त्यो हो जसले रुन दिदैन ।

४. आमाबुवा अनपढ नै किन नहुन तर तिनीहरुले आफ्नो छोराछोरीलाइ  दिने संस्कार संसारको कुनै विश्वविधालयमा पढाई हुदैन ।

५. समस्याको पहाडसंग जुधेर देखाउनेछु; बाटो अफ्ट्यारो छ तै पनि कुदेर देखाउने छु; दुनियाले जतिसुकै अवरोध खडा गरोस; ढिलो चाडो गन्तव्यमा पुगेर देखाउनेछु ।

६. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मानिस उस्तै हुन, कसैले फुटाउनु पर्दैन समय आएपछि आफै फुटेर जान्छन ।

७. सफल प्रेम त्यो हो जुन आफ्नो खुसिबाट सुरु भएर अरुको खुसिमा अन्त्य हुन्छ ।

८. जति ढिलो सुते पनि निन्द्रा विहानसम्म न हो, जति छिटो हिडे पनि यात्रा चिहानसम्म न हो ।

९. जिन्दगीको किताबको सबैभन्दा रमाइलो पाना भनेको ‘बालापन’ नै रहेछ ।

१०. म सुख्खा पात-पतिन्गर के बनेको थिए पुरै दुनिया सलाई लिएर आएछ ।

११. प्राय: माया यहि कारणले टुट्ने गर्छ- कि उसले माया गर्दैन भन मैले मात्र किन गर्नु ?

१२. मृत्यु त्यो होइन जब तपाई यो संसार छोडेर जानुहुन्छ; मृत्यु त्यो हो जब तपाई सबैको मनबाट हराएरा जानुहुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!