१. जीबनमा सधै प्रेमको बोलि बोल्नुहोस किनकि यसलाई बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ ।
२. आजकाल मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनि सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेका हुन्।
३. कोइलीले आफ्नो भाषा बोल्छिन त्यसैले स्वतन्त्र हुन्छिन , तर सुगा हमेशा अरुको भाषा बोल्छ त्यसैले उ पिजँडामा गुलाम हुन्छ , त्यसैले तपाईं पनि आफ्नै नियममा हिड्नुस र आफ्नै भाषा बोल्नुस र स्वतन्त्र जिउनुस।
४. जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो ।
५. मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ।
६. तिमीलाई पैसा चाहिँदैन जस्तो गरी काम गर, तिमीलाई कहिल्यै चोट परेको छैन जसरी प्रेम गर, र तिमीलाई कसैले हेर्दै छैन जसरी नाच।
७. केही समयपछि हामिलाई आफूसँग भएको जे पनि अलि त्यति आकर्षक नलाग्न सक्छ। सबै कुराहरु पाउदा भन्दा नि पाउने चाहाना हुदा, अत्याधिक आकर्षक लाग्छन् ।
८. रात ढलोस तर दिनभर बटुलेको अनुभव न ढलोस।
९. दृष्टि त प्राय सबैसँग हुन्छ, फरक त दृष्टिकोण हुनुपर्छ।
१०. आफ्नो ब्यवहारमा थोरै रूखोपन राख्नु पनि जरुरी हुन्छ, यदि समुन्द्रको पानीमा पनि नुन नभएको भए सबैले त्यसलाई पिउने प्रयास गर्थे।
११. आफ्नो सोचमा केन्द्रित हुनुहोला, किनकी सोच नै शब्द बन्छन, शब्द नै कार्य, कार्य नै बानि, बानि नै चरित्र अनि चरित्र नै हाम्रो भाग्य।
१२. सही जवाफ प्राप्त गर्नु ज्ञान हो भने सही प्रश्न सोध्नु बुद्धिमानी।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !