प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [नवौ खण्ड]

१. तपाईंहरु एउटा कठिन काम गर्नको लागी एउटा अल्छी मान्छेलाई चुनुहोस किनकी त्यो अल्छी मान्छे त्यो कामलाई गर्ने सजिलो उपाय खोज्छ ।

२. गरिब भएर जन्मनु तपाईको गल्ती होईन तर गरिब भएर नै मर्नु तपाईको गल्ती हो ।

३. यदि तपाई यसलाई राम्रो बनाउन सक्नुहुन्न भने, केवल यस्तो त बनाउनुस कि त्यो राम्रो देखियोस ।

४. तपाईले आफुलाई कसैसँग तुलना नगर्नुस किनकी यदी यस्तो गर्नुहुन्छ भने तपाईले आफ्नो बेईज्जती आफै गरिरहनुभएको छ ।

५. धेरै ठुलो सफलता हासिल गर्न, तपाईले कहिलेकाही धेरै ठुलो जोखिम उठाउनुपर्दछ ।

६. धेरैजसो मान्छेहरू यसको बारेमा धेरै बढी सोच्छन कि १ बर्षमा के गर्न सक्छन तर यसको बारेमा धेरै कम सोच्छन कि १० बर्षमा के गर्न सक्छन ।

७. जब म सानो थिए, तब मेरा धेरै सपना थिए, र मलाई लाग्छ कि ति मध्ये धेरैजसो पुरा भईसके किनकि मलाई धेरै पढ्ने मौका मिल्यौ ।

८. जिउनको लागी त एक पल पनि अत्यन्त हुन्छ तर भर पर्छ तपाई कसरी जिउन चाहनुहुन्छ ।

९. तपाई आफ्नो जिन्दगीको लागी केही गर्न सक्नुहुन्न तर तपाई यसलाई मुल्यवान बनाउनको लागी केही अवश्य गर्न सक्नुहुन्छ ।

१०. जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।

११. यदी केही गर्न वा बन्न चाहनुहुन्छ भने सबभन्दा पहिले लक्ष्य लाई निर्धारण गर्नुहोस, अन्यथा जिन्दगीमा चाहेको उपलब्धी पाउन सक्नुहुन्न ।

१२. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ पनि र उसले गरेका असल र खराब कामहरू को परिणाम एक्लै स्वर्ग वा नरक पनि जान्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !