१. आउनुस, हामी सबै मिलेर सुनौलो संसारको रचना गर्नतिर लागौ जहाँ स्वर्गको अनुभुती होस ।
२. तपाई त्यती मुल्यहिन हुनुहुन्न जति तपाईले सोच्नुहुन्छ, सम्झनुस तपाई कसैको लागी एउटा कोहिनुर भन्दा पनि अमुल्य छौ ।
३. कसैको कमजोरीको फाईदा नउठाउनुस किनकी कुनै दिन त्यसले तपाईलाई नै कमजोर बनाईदिनेछ ।
४. यदी तपाई सफल हुन चाहनुहुन्छ भने तपाईले त्यो पल पनि पार गरेर अगाडी जानुपर्नेछ जहाँ, जिन्दगी र मृत्युबिच अलिकति मात्र फरक रहनेछ ।
५. समस्याहरूको कुनै आकार हुदैन, सानो वा ठुलो यसको आकार तपाईले बनाउनुहुन्छ ।
६. खुसी मात्र एउटा यस्तो चिज हो जुन बाँडेपछी बढ्छ तर कहिल्यै घट्दैन ।
७. कठिनाईहरूको बिचमा नै चुनौतीहरू लुकेका हुन्छन ।
८. एउटा प्रश्न जसले मलाइ कहिलेकाही उल्झाई दिन्छ के म पागल छु वा अरू सबै पागल छन ।
९. जिन्दगी साईकिल चलाउनु जस्तै हो आफ्नो सन्तुलन बनाईराख्नको लागी आफुले चलिरहनु पर्छ ।
१०. जब तपाई सिक्न बन्द गर्नुहुन्छ तपाई मर्न शुरू गर्नुहुन्छ ।
११. यस्तो होईन कि म स्मार्ट छु, मात्र म समस्याहरूको साथमा धेरै बेर रहन्छु ।
१२. तपाई तबसम्म असफल हुन सक्नुहुन्न, जबसम्म प्रयास गर्न छोड्नुहुन्न ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !