प्रेरक लाइनहरु

१५ उत्प्रेरणात्मक भनाइ तथा मनछुने लाइनहरु

१. एक गुलाब मेरो बगैंचा हुन सक्छ … एक मित्र, मेरो संसार।
-लियो बुस्काग्लीया

२. कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी छ भन्ने बुझिन्छ ।
-एन्डी रोनी

३. घृणाले दिएको घाउ नराम्रा हुन्छन्, प्रेमको घाउ राम्रा।
-मिगनों मैकलोलिन

४. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन।
-जर्ज इलियट

५. जन्म लिने हरेक शिशुले यो संदेश लिएर आउछ कि भगवानको मन, हामि मानवहरुको लागि अझै मरेको छैन।
-रविन्द्रनाथ टैगोर

६. जीवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन, कोहि आएर शितलता छर्छन् त कोहि गएर उज्यालो।

७. भगवानले बोझ दिन्छन् भने त्यो बोझ थाम्ने काधपनि दिएका हुन्छन्।

८. एक विद्वान मानिसले अर्को मुर्खको प्रश्नबाट धेरै सिक्न सक्छ भने एउटा मुर्खले विद्वानको प्रश्नबाट।

९. सबै भन्दा प्रभावशाली बदला त्यो हो, जून हामी आफ्नै कमजोरी या कमजोरीको कारण आएको क्रोधसँग लिन्छौ।

१०. हामि सधैँ भन्छौ “यो हाम्रो घरको बुहारी हो”, तर यो कहिले पनि भन्दैनौ “यो घर हाम्रो बुहारीको हो”।

११. बाहिर आफुलाई सुल्झिएको जस्तै प्रस्तुत गर्न भित्रभित्र निक्कै उल्झिनु पर्दछ।

१२. यदि तपाईलाई आफ्नो यात्रा सहज लागिरहेको छ भने तपाई पक्कै ओरालो लागिरहनु भएको छ।

१३. मातापिता र वृद्धहरुलाई कहिल्यै पनि भार नसम्झ । ति भार होइनन भाग्य हुन ।

१४. मिठो बोलीको जादुमा डरलाग्दो राक्षसको रिसलाई पनि क्षणभरमै साम्य पार्ने शक्ति लुकेको हुन्छ।

१५. आफ्नो विरोधीहरु सँग मित्रता गर्नु विरोधीहरुको नास गरे बराबरको हुन्छ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !