प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [सातौं]

१. एक बुद्दिमानी ब्यक्ती त्यो हो, जस्ले त्यो चिजको शौख कहिल्यै राख्दैनजुन आफुसँग छैन मात्र त्यसमै खुशी छ जुन उ संग छ ।

२. आफ्ना सपनाहरुलाई पछ्याउन जती कठिन छ, त्यो भन्दा नी धेरै कठिन त्यसलाई भुल्न ।

३. जब तिमीलाई लाग्छ कि तिमीले सुधार्नुपर्ने या सिक्नुपर्ने केही कुरा छैन, त्यो भनेको दुखदायी कुरा हो ।

४. कहिलेकाहीं प्रश्नहरु जटिल हुन्छन् र उत्तर सजिला हुन्छन् । तर हामी भने प्रश्नहरुको जटिलतामा अल्झिन्छौँ ।

५. तिमीले खाना आफै आफ्नो मुखमा आओस्भन्ने चाहन्छौ भने, तिम्रो सफलता धेरै नै टाढा छ ।

६. यदि त्यो ठीक छैन भनेत्यसलाई जान देऊ । तर तिमीले जान दिंदा पनि त्यो जाँदैन भनेत्यसलाई ठीक बनाऊ ।

७. जसले आफूमाथी विश्वास गर्न सक्दैन, ऊ मात्र चुनौतीहरु देखि डराउँछ ।

८. जे हुन्छ त्यो सहिको लागि हुन्छ, आज जे हुदैछ त्यो हिजो गरेको काम को परिणाम हो ।

९. आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।

१०. अरूबाट जेआसा गर्नुहुन्छ अरूलाई तेसै गर्नुहोस ।

११. जो मान्छे संघर्षबाट भाग्न खोज्छ त्यो मान्छे बाट सफलता भागी रहेको हुन्छ ।

१२. कुनै लामो दुरिको यात्रा पनि एउटा पाइला बाट सुरु हुन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !