प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [आठौं]

१. जित्दै मा खुसी हुने र हार्दै मा दुखी हुने असल मनिसको बानी होइन । २. असफलता नै सफलताको प्रतीक हो । ३. जिबनको यात्रा आकाश छुने जस्तो हो, जुन कहिले सकिँदैन । ४. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ । ५. समस्यामा समाधान र बिरोधमा बिकल्प हुन्छ। ६. सु:ख खोज्न हामी ले कतै टाढा धाउनु पर्दैन अहिले हामी ले मिहिनेत गरे भविश्य मा आफै सु:ख पाइन्छ । ७. मानिस काे सब भन्दा ठुलो शत्रु रिस हाे रिसलाई कम गर्न सक्नुपर्छ। ८. तिमी सफल हुने सम्भावना तिम्रो आत्मविश्वासमा भर पर्छ । ९. आइरहेको सोंचलाई छोडेरअर्को सोंच रोज्नु नै तनावबाट निस्कने सबैभन्दा राम्रो उपाय हो । १०. जीवन भनेको नाटक जस्तै हो । नाटक कति लामो छ, त्यसले फरक पर्दैन, त्यो नाटकको पात्रले कस्तो अभिनय गर्छ, त्यसले फरक पर्छ । ११. आफ्नो मनमा आफ्नै धुनको यस्तो गीत गुञ्जाऊ की, कसैले तिमीलाई चुप बनाउन नसकोस् । १२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।
सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !