प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [नवौं]

१. हाम्रो जीवन, विचार र कामका सम्झनाहरुअरुको जीवनमा निरन्तर सरिरहेका हुन्छन् ।

२. जिब्रोले बोल्ने भाषा फरक-फरक हुन्छन्, तर आँखाले बोल्ने भाषा जहाँ पनि एउटै हुन्छ ।

३. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।

४. हाम्रो अगाडी जे काम आइपरेको छत्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो ।

५. असम्भव भनिएका कामहरु गर्न झन् उत्साह र रमाइलो हुन्छ ।

६. त्यो नै असल मानिस हो,जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

७. मानिस स्वतन्त्ररुपमा जन्मे तापनि ऊ आफूलाई चारैतिरबाट बन्धनले घेरिएको महसुस गर्दछ ।

८. मानिसको सबैभन्दा राम्रो मित्र उसैका हातका दश औलाहरु हुन् ।

९. पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ।

१०. यदि मन पवित्र छ भने तीर्थयात्राको फल तिमी घरमै बसी बसीकन प्राप्त गर्न सक्छौ ।

११. हाम्रो कर्मले नै हाम्रो जीवनमा घट्ने हरेक घटनाहहरु माथि नियन्त्रण गर्दछ ।

१२. जो व्यक्ति राम्रो काममा धेरै व्यस्त हुन्छ, उसले अरुको अगाडी राम्रो बन्नको लागि समय पाउंदैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!