१. एउटा राम्रो सुरुवातको मतलब यो होईन की त्यसको अन्त्य पनि राम्रै हुन् ।
२. राम्रो त हेर्ने नजर चाहिन्छ, खोट लगाउने हो भने त ! चन्द्रमामा पनि दाग भेटिन्छ ।
३. सर्वदा सत्यमार्गमा हिडने व्यक्ति बाह्य र भित्री दुबै उन्नतिको द्वार खुल्दछ ।
४. यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर,त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन ।
५. तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाइको विचार हो ।
६. मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।
७. खुशी भनेकोतिमीले भविष्यको लागि साँच्ने वायोजना बनाउने चिज होइन, यो त वर्तमानमा सिर्जना गर्ने चिज हो ।
८. हामी प्रत्येक व्यक्ति सक्षम छौं,फरक यो हो की,हामीले हाम्रो सक्षमतालाई कसरि प्रयोग गर्छौं ।
९. पैसा चाहिन्छ भने जागिर खाउ, नाम चाहिन्छ भने काम गर ।
१०. ईमानदारी बुद्धिमत्ताको किताबको पहिलो अध्याय हो ।
११. कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो ।
१२. असफलताबाट नै सफलताको शिक्षा मिल्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !