प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [तेह्रौ]

१. असल व्यक्तिको जन्म आमाको कोख बाट नभई संघर्षको मैदान बाट हुन्छ ।

२. असल मान्छेकाे परिचय उसको रूपले हाेईना ब्यवहारले जनाउछ ।

३. अरुको भन्दा पहिले आफ्नो बारेमा सोच किनकी तिम्रो आँखा राम्रो भएमा मात्र अरुको आँखाको खुसी देख्न सक्छौ।

४. प्रगति गरेर उचाइमा पुग्नु राम्रो कुरा हो। तर जुन बाटो हिडेर उचाइमा पुगेको छौ त्यो कहिल्यै भुल्नु हुदैन ।

५. जीवनमा लक्ष्य नभएकाहरु ति यात्रु हुन् जसलाई पुग्नु कहिँ छैन, पाउनु केहि छैन, जिन्दगिमा केहि होस् नहोस गुमाउनु केहि छैन ।

६. आफू भन्दा ठूलो मान्छे सङ्ग शिर झुकाउन र जस्तो दुख परे पनि दुख लुकाउन जस्ले जान्दछ, उसले जिन्दगी मा केही गर्न सक्छ।

७. महान व्यक्ति शान्त कम बोल्छ कायर व्यक्ति अशान्ती बढी बोल्छ।

८. जिन्दगिको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उसीले नै नया हासिल गर्न सक्दछ ।

९. जति हिडे पनि जीवनमा, चालिने त मात्र दुई पाइला एउटा डर, अर्को आशा ।

१०. सुर्यास्त ले यो कुरा प्रमाणित गर्दछ कि कुनै कुराको अन्तिम क्षण पनि सुन्दर हुन सक्छ।

११. कुनै ठाउमा तपाइले गल्ति महशुस गर्नु भयो भने बिलकुल निराश नहुनुहोस् किनकि तपाइको गल्तिहरुले नै जीन्दगीको पाठहरु सिकाउन मदत गर्द छ।

१२. जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहि बाटो हिड्न सक्दैन।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !