१. अरु को ठाँउ मा गएर गर्न भन्दा आफ्नो ठाउँ मा केही गरेर देखाउ।
२. कुनै पनि चुनौती या खत्रा ठूलो हुदैन, हामी भित्र रहेको डरले त्यसलाई ठूलो बनाउछ।
३. जिन्दगी कसैको दबाबमा होइन बरु अभावमा बितोस् अनि मात्र जिन्दगी जिउने कला सिकिन्छ ।
४. आज दुखको बादल भएर के भो त, भोलि सुखको बर्षात अवश्य हुन्छ ।
५. बाच्नलाई साहस र हास्नलाई सन्तोष चाहिन्छ, शत्रु नभएको मान्छे त हुँदैन दुनियाँमा ।
६. हिजोबाट सिक्नुस, आजको लागी जिउनुस, र भोलीको लागी आशा राख्नुस जरूरी कुरा यो छ कि प्रश्न गर्न नछोड्नुस ।
७. महान व्यक्ति शान्त कम बोल्छ कायर व्यक्ति अशान्ती बढी बोल्छ।
८. जिन्दगिको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उसीले नै नया हासिल गर्न सक्दछ ।
९. जति हिडे पनि जीवनमा, चालिने त मात्र दुई पाइला एउटा डर, अर्को आशा ।
१०. सुर्यास्त ले यो कुरा प्रमाणित गर्दछ कि कुनै कुराको अन्तिम क्षण पनि सुन्दर हुन सक्छ।
११. कुनै ठाउमा तपाइले गल्ति महशुस गर्नु भयो भने बिलकुल निराश नहुनुहोस् किनकि तपाइको गल्तिहरुले नै जीन्दगीको पाठहरु सिकाउन मदत गर्द छ।
१२. जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहि बाटो हिड्न सक्दैन।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !