१. हरेक कथा को अन्त्य भयेपछि सुरुवात पनि हुन्छ, जिन्दगी पनि त्यस्तै हो सुख पछि दु:ख अनि दु:ख पछि सुख आउँछ बस सहि समयलाई चिन्नु पर्छ।
२. प्रत्येक दिन नयाँ हो र, तिमीले यो कुरालाई बुझेर अगाडी नबढुन्जेल खुशी प्राप्त गर्न सक्दैनौ ।
३. तिमी एउटा योजना बुन्नमा व्यस्त रहदा सोंच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो।
४. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।
५. जति ढिलो सुते पनि निद्रा, बिहानसम्म न हो जति छिटो हिडे पनि यात्रा, चिहानसम्म न हो।
६. हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो। ७. विचारमा तिमी जति महान् छौ, व्यवहारमा त्यो भन्दा महान् बन्न सिक ।
८. जो महान उद्देश्यका लागि मर्दछ, उसको हार कहिल्यै हुदैन ।
९. भोको मान्छेको अगाडि ईश्वरको उपस्थित भनेको खाना हो ।
१०. उत्साहभन्दा ठूलो अर्को कुनै बल छैन, उत्साही व्यक्तिको लागि यस संसारमा कुनै पनि वस्तु दुर्लभ हुँदैन ।
११. सोचले नै ल्याउछ विचारको लहर, जब बिचार बढ्छ तब मात्र आफ्नो विचारलाई व्यवहारमा उतार्न सकिन्छ ।
१२. तिमी महान् काम गर्न लागिरहेका छौ भने शत्रुसगँ पनि सम्झौता गर्न सिक ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !