प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [विसौं]

१. आफ्नो योग्यतालाई लुकाउन जान्नु पनि एउटा ठूलो कला हो ।

२. कठोरता एउटा कमजोर मानिसको झुठो तागत हो ।

३. तिमीलाई भविष्यको अनुमान गर्नु छ भने अतितको पनि अध्ययन गर्ने गर ।

४. जो व्यक्तिले अरू व्यक्तिलाई बुझ्दछ पढ्दछ त्यो विद्धान हो र जो व्यक्तिले स्वयं आफूलाई जान्दछ बुझ्दछ त्यो ज्ञानी हो ।

५. राम्रो व्यवहार तथा नरम शब्दले जस्तै ठूलाठूला कठिन कार्यहरू पनि सजिलै पार लगाउन सकिन्छ ।

६. हरेम मूल्यवान मिनेटको सदुपयोग गर, हरेक साठी सेकेन्डलाई प्रगतिको दौडमा प्रयोग गर ।

७. हामी बूढो हुँदैनौ, हामी परिपक्क हुँदै जान्छौं ।

८. प्रत्येक दिन नयाँ हो र, तिमीले यो कुरालाई बुझेर अगाडी नबढुन्जेल खुशी प्राप्त गर्न सक्दैनौ ।

९. व्यक्ति जतिसुकै महान् किन नहोस् आखाँ चिम्लियर उसको पछाडि कहिल्यै नलाग।

१०. व्यवसाय, दण्ड, लाज, कुशलता र सहयोग यी पाचँ कुरा नभएको ठाउँमा कदापि नबस्नू।

११. आफ्नो कामसँग जुन कुराको सम्बन्ध छ, त्यसलाई व्यार्थ र अनुपयोगी नसम्झ बरू त्यस बारेमा ज्ञान प्राप्त गर।

१२. त्यो मानिस गुणी, ज्ञानी हो जसले अरू कसैको हानी गर्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !