१. म मर्दा रुने लाखौ हुनेछन तर मेरो खोजी उसको हो जो म रुदा मर्नेछ ।
२. एक्लोपनलाई मेरो शोख नसम्झनु मित्र; यो त बडो प्यारले कोही आफ्नोले दिएको उपहार हो ।
३. कसको लागि बनाएको हौ यो स्वर्ग ए ईशार.. म त स्वर्गको लायक यहाँ कोही पनि देख्दिन ।
४. म संसारको लागि कुनै खास त होइन तर म जस्ता निकै कम छन यो संसारमा ।
५. प्रेम भनेको हृदय देखि हुनुपर्दछ, किस्मत त के थाहा कहिले बदलिन्छ ।
६. मानिसहरुबाट सुनेको थिए कि समय बदलिने गर्दछ तर समयले बतायो कि मानिस पनि बदलिने गर्दछन ।
७. कुनै समय थियो मा हास्दै उठ्ने गर्दथे; तर आज समय यस्तो छ कि विना हासो साझ पर्ने गर्दछ ।
८. निकै टाढा सम्म जानु पर्दछ यो थाहा पाउन कि आफ्नो नजिक को छ ।
९. मानिसलाई जाच्नु छ भने बस यति भनिदेउ ‘म समस्यामा छु !’
१०. आफैमा भरोसा गर्न सिक्नुस मित्र, किनकि अरुमा तपाईले जति नै भरोसा गरे पनि एकदिन छोडेर जाने नै छन ।
११. यात्रा छोटो नै किन नहोस तर यादगार हुनु जरुरि छ; रंग कालो नै किन नहोस तर बफादार हुनु जरुरि छ ।
१२. आफ्नो बनाउन हजार गुणहरु पनि कम हुन्छ तर छोड्नको लागि एक वैगुन नै काफी हुन्छ ।
१३. जिन्दगिको बाटो त कहाँ सकिन्छ र मित्र; गन्तव्य त तब मिल्छ जब हाम्रो चाहनाहरु सकिने गर्दछन ।
१४. ओठमा मुस्कान त देखिन्छ तर हृदयमा जहर भरिएको छ… यही नै आजको जिन्दगिको कहर छ ।
सिर्जना तथा अनुवाद; सक्सेस पोष्ट (सफलता पोष्ट म्यागजिन) | यी सामाग्री विना अनुमति सम्पूर्ण लेख हुबहु कपि गर्न बन्देज गरिएको छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !