प्रेमिल लाइनहरु

बुवा सम्बन्धि मनछुने १४ लाइनहरु

१. खल्ती खाली होस् तर पनि आवश्यकतामा दिन्न भनेको देखिन; बुवा हजुर भन्दा धनि यो संसारमा अर्को भेटिन मैले ।

२. यो संसारमा वुवा मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जसले आफ्नो बच्चाले आफूले भन्दा बढी सफलता हासिल गरोस भनेर कामना गर्नुहुन्छ ।

३. बुवा त्यो निमको पात जस्तै हो; भलै त्यो तितो होस तर त्यो तितोले सधै ओखतीको काम गर्दछ ।

४. बुवा सुर्य जस्तै हुनुहुन्छ, उहाको उपस्थितिले गर्मी त अवश्य हुन्छ तर उहाको अनुपस्थितीमा परिवारमा अध्यारो छाउने गर्दछ ।

बुवाको मायालाई तब बुझ्नेछौ जब या त तिमि आफ्नै बुवा बन्दछौ या बुवा तिमीलाई छोडेर यो धर्तीबाट जानुहुनेछ ।

५. जब आमाले छोडेर जानुहुन्छ तब यो संसारमा आशिष दिने कोही हुदैन, जब बुवाले छोडेर जानुहुन्छ तब हौसला दिने कोही हुदैन ।

६. भगवानसँग बस मेरो यही प्राथना छ कि जुन पलमा मेरो बुवा-आमा मुस्कुराउनु हुन्छ त्यो पल कहिल्यै सकिएर नजाओस् ।

७. कहिले काधमा चढाएर मेला देखाउन लैजानु हुन्छ, कहिले पिठ्युमा चढाएर घोडा बन्नुहुन्छ । हो, आमाले कोक्रोमा हिड्न सिकाउनुहुन्छ तर बुवाले खुट्टाले टेकेर हिड्न सिकाउनुहुन्छ ।

८. जो व्यक्ति तिम्रो खुसीको लागि हार मान्न तयार हुन्छ त्यो व्यक्तिलाई तिमीले कहिल्यै जित्न सक्नेछैनौ, हो त्यहि व्यक्ति हो बुवा ।

९. विना सर्त मिल्ने भनेको त बुवा-आमाको माया मात्र हो बाकी हरेक सम्बन्धमा केही न केही सर्त चुकाउनै पर्दछ ।

१०. भलै तिर्थ गर या पुजा जब बुवा-आमाको मन भाच्दछौ भने सबै हुनेछ बेकार ।

११. त्यो बेला तोडिने छ मन, जब भन्ने छौ बुवा-आमालाई तिमीले ‘मेरो निम्ति तिमीहरुले गर्यौ नै के ?’

१२. बुवाको मायालाई तब बुझ्नेछौ जब या त तिमि आफ्नै बुवा बन्दछौ या बुवा तिमीलाई छोडेर यो धर्तीबाट जानुहुनेछ ।

१३. एक-एक पैसा जोडेर जसले परिवार पाल्यो जसको बलले उसको सन्तानले हजार कमाउन थाल्यो, तर त्यो बुवा आज भोको पेट सुत्ने गर्दछ ।

१४. वुवा त्यो मान्छे हो, जो आफ्नो छोरीको विवाहमा दिनभर रमाउने, साझ हातले मुख छोपेर रुने गर्दछ ।

संसारका समस्त बुवाहरु प्रति समर्पित ‘सफलता पोष्ट’को एउटा सानो प्रयाश ! यो पढी सकेपछी यदी बुवा भन्दा धेरै टाढा हुनुहुन्छ भने एक पटक फोन गरेर आफ्नो बुवालाई सम्झने कि ?!

प्रतिक्रिया

  • तपाईले ठिक भन्नुभयो । सायद सम्झेर फोन गर्ने थिए मैले पनि । के गर्नु नेटवर्क नै नदिने ठाउँमा गएर बस्नु भएको छ मेरो बाबा।।😭😭 हजुरको यो हरेक शब्दहरूले एकदमै मन छोएको छ सर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!