प्रेरक लाइनहरु

मान्छे गर-गहनाले होइन विचार र स्वभावले सु-सज्जित हुन्छ – प्रेरक लाइनहरु

१. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

२. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

३. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।

५. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन 

६. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ

७. जिंदगी मा शांति सित जिउने  दुइवटा तरीका मात्र छ : माफ़ गरिदिनुस त्यससलाई जसलाई तपाईं भुल्न सक्नुहुन्न; भूलीदिनुस त्यसलाई जसलाई  तपाईं माफ़ गर्न सक्नुहुन्न ।

८. मान्छेले नै मान्छेको बाटो काटीरहेको छ, बिरालो त केवल नामले बदनाम छ ।

९. प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्ग मा हिड्दै गरेको “पाउ ” र सत्य सित जोडिएको “जीब्रो”, ईश्वरलाई धेरै मन पर्छ ।

१०. मान्छे गर-गहनाले होइन विचार र स्वभाव ले सु-सज्जित हुन्छ ।

११. सबै साथी कामको, सबैको आफ्नो मोल जो संकट मा साथ दिन्छ उहीँ सबैभन्दा अनमोल ।

१२. त्यो अँध्यारो नै सहि थियो जब कदम पथ मा थियो, प्रकाश ले लिएर आयो मलाई गन्तव्यबाट धेरै टाढा ।

र यो यात्री विचार पनि;

माग्नुपर्यो तब न दिइनेछ, खोज्नुपर्यो तब न भेटिनेछ, ढक्ढक्याउनुपर्यो तब न खोलिनेछ, हिडिरहनुपर्यो तब न गन्तव्य पुगिनेछ ।

जिन्दगीमा सधै चमत्कारहरू घटिरहदैन् । काकताली परिरहदैन । सधै जिन्दगीको यो पाटो बदलियला भनेर बसिरहदैमा जिन्दगी बदलिने हैन । त्यसका लागि आफै लागि परिरहनुपर्छ । हो जिन्दगीमा भाग्यको स्थान केही होला तर कर्मले सदैव जाँदुको काम गर्दछ ।

अरूको प्रगती हेरेर आफूलाई धिक्कार्ने होइन । त्यस्तै जिन्दगी यहाँको पनि बदलिन सक्छ । पहिले मागौ त बल्ल दिइनेछ, खोजौ त बल्ल भेटिनेछ, ढक्ढक्यायौ त बल्ल खोलिनेछ…..निरन्तर हिडिरहौ त बल्ल गन्तव्य भेटिनेछ । जबसम्म कुनै कार्य गरिदैन तबसम्म कुनै नतिजा आउदैन, प्रयाश जती ठूलो हुन्छ परिणाम पनि उस्तै आउछ । जती बढी संघर्ष, उती सानदार सफलता हुन्छ । यसैले संकिर्ण सोचाइ त्यागौ र आज अहिल्यैबाट गरेर जिन्दगी बदल्न तर्फ लागौ । शुभ-कमना !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !