प्रेरक लाइनहरु

सम्बन्ध गल्तिले होइन गलत बुझाइले टुट्छ – केही मनछुने लाइनहरु

१. जब कोहि देखेर पनि नदेखेको जस्तो गर्छ भने बुझिहाल्नुस कि उसको नजर तपाईं माथी नै छ ।

२. कठिन समयमा नै सबैको रङ देखिन्छ, दिनको उज्यालोमा त पानीपनि चाँदी जस्तो देखिन्छ ।

३. जब दुश्मनले पनि दिनरात तपाइको कुभलो चिताउन थाल्छ भने सम्झिहाल्नुस कि उसलाइ पनि तपाइको सफलताको बारे भरोसा भइसकेको छ ।

४. जसले मलाइ बुझ्न सकेन उसलाई हक छ कि मलाइ `खराब´ नै सम्झियोस ।

५. साथीहरुलाई हमेशा दिल मा राख्नुस र दुश्मनहरुलाई हमेशा नजर मा ।

६. गल्तिले सम्बन्ध अहिले सम्म टुटेको छैन , टुटेको छ भने केवल गलत बुझाइ ले ।

७. यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।

८. जब मान्छे नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने तब याद पुरानै को आउछ ।

९. केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन ।

१०. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।

११. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”

१२. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।

र यो यात्री विचार पनि…..

⦿ तपाईको अघि बढ्ने मार्ग त्यो अगाडीको विशाल चट्टानले रोकेको होइन, तपाई भित्रको साहसको कमीले रोकेको हो ।

गरिबी बाधा होइन, अपांगता बाधा होइन, अशिक्षित हुनु बाधा होइन, कसैको सहयोग नपाउनु बाधा होइन, पटक पटक असफल हुनु बाधा होइन । असली बाधा त तपाईको संकिर्ण सोच हो, कायरता हो, आत्म विश्वासको कमी हो, अल्छी प्रवित्ती हो, नकरात्मक सोचाइ हो । प्रायः मानिसहरू दोस्रो चिजलाई दोष दिएर आफू पन्छिन्छन्…..तर बास्तविक बाधा यो ब्रह्माण्डमा आफू सिवाय दोस्रो कोही छैन । याद रहोस् ।

⦿ एउटा मैनबत्तीले आफू गलेर नै अरूलाई उज्यालो छर्दछ । हो, आफू चम्कनका लागि तारालाई प्रत्येक पटक जलिरहनुपर्दछ । साँचो महानता त्यागमा हुन्छ । निस्वार्थपनमा हुन्छ । ठूलो र चर्चित त सजिलै भइन सक्छ तर हाम्रो प्रयत्न असल र लोकप्रिय बन्ने हुनुपर्छ ।

⦿ ‘मेहेनत यती शान्त सित गरौ कि सफलताले पूरै हल्लाखल्ला मच्चाओस् ।’

ज्यादा नगर्जने बादल नै वर्षने हो, पुरै शान्त सागरमा नै तुफान चल्ने हो । खाली भाँडा ज्यादा बजेजस्तो जसले गर्दैनन् उनिहरू नै ज्यादा रवाफ देखाउछन्….जित्नेहरू त सधै मौन हुन्छन् ।

⦿ तिनीहरू जसले मलाई चोट पुर्याए, पिडा दिए एकफेर उनीहरू प्रती म आभार व्यक्त गर्न चाहन्छु । किनकी, उनीहरूकै कारणले आज म भावनामा डुबेर साहित्य सृजना गर्न सक्षम भएको छु ।

⦿ म आफैमा फरक छु, विशेष छु । चाहे ब्रह्माण्ड भरी खोज, म जस्तो दश्रो कोही भेटिनेछैन यसैले म अद्धितिय छु । मेरो सबैभन्दा ठूलो विशेषता नै यही हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !