प्रेमिल लाइनहरु

मनको निम्ति मनुका केही शब्दहरु

१. कसैको बारेमा नानाथरी स्टाटस लेख्न फुर्सदको समय बरु केही आम्दानी गरी वृद्धाआश्रमका बुबाआमा रअनाथ बालबालिकाको उद्दार गर्न तिर लाग्नुले केही फरक पर्ने थियो कि ।

२. भन्दा कुरो ठुलो गरेजस्तो लाग्ला तर सबैभन्दा धेरै पढेलेखेका विद्वान् र निरक्षर किसानले गर्ने कृषि नै हो ।

३. खै किन किन, देख्दछु सबै आफ्नाहरु पराईको खोल ओढेर बसेका छन् ।

४. रहस्यमय बनाउदै छु जिवन ताकि सुन्ने ले भनोस न- यस्तो पनि गर्न सकिन्छ र ।

५. दु:ख के हो त्यो मलाई सोध; सुखको खोल ओडेर दुखको आशु लुकाएको मान्छे हु ।

६. मलाई देख्ने वितिकै आशु बगाउछिन उनी सायद मुखले बोल्न नसकी मनको शब्दलाई आशुको प्रतिविम्ब मार्फत देखाएको हो कि !

७. मेरो मलामी आउनु अनि सहानुभूति देखाउनु पर्दैन, बस मेरो आफन्त हरुलाई पिडा नदिनुहोस् ।

८. अधिक मेहेनत गर्नु छ, केहि पैसा कमाउनु छ र थोरै भएपनि सुख किनेर आफ्नाहरूलाई खुसी बनाउने ठुलो रहर छ ।

९. विश्व युद्ध अहिले पनि भईरहेको छ, फरक यती छ पहिले हातहतियारको प्रयोग गरेर लड़िन्थ्यो भने अहिले नराम्रो बोली बचनको प्रयोग गरेर लडिन्छ ।

१०. आफ्नो ख्याल आफै राख्ने गर्नु, यहाँ तिम्रो अनुपस्थितिमा नै किनबेच गरिदिन्छन मान्छे ।

११. धेरै माया गर्थे उनलाई, उनको कारणले होईन, उनका परिवारका कारण किनकी उनको लागि कोही थिएन यो संसारमा ।

१२. उनले उनलाई मात्र माया गर्ने प्रस्ताव राखेको कारण उनलाई नै छोडिदिए मैले, किनकी म एक्लो छैन मेरा आफ्नाहरू पनि छन् ।

१३. माया भन्ने शब्द नै अचम्मको छ, धेरै मूल्य चुकाउनु पर्दछ उसको निम्ति जसलाई बेचिदिको हो ।

१४. सबै शिकारी हुन यहाँ किनकि कसैले मार्छन र कसैले घाइते बनाई छोड्ने गर्दछन ।

सृजना/संकलन : टिकाराम ढकाल, कपिलवस्तु
सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !