प्रेरक लाइनहरु

उत्कृष्ट चौध मनछुने लाइनहरु

१. साधारण देखिने मानिसहरु नै संसारको सबैभन्दा राम्रा मानिसहरु हुन्, यसैले त भगवानले पनि यस्ता व्यक्तिहरुलाई ज्यादा बनाउने गर्दछन ।

२. संसारले तिमीलाई तब मात्र चिन्न सक्दछ जब तिमि आफनो क्षमताले संसारलाई परिचय दिन सक्दछौ ।

३. संसारमा रहनको लागि सबैभन्दा राम्रो स्थान भनेको या त कसैको हृदयमा हो वा कसैको आशिर्वादमा ।

४. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि सावित नगर्नुहोस्, सहि बनिरहनुहोस, एकदिन समय आफैले प्रमाणित गरिदिनेछ ।

५. यदि खराब दिन आउदैनथ्यो भने कसरी थाहा हुन्थ्यो कि को-को थिए आफ्ना ठानिएको पराइ र पराइ ठानिएका आफ्ना हरु ।

६. जिन्दगिको यात्रामा बाटोको अन्त्य त कहाँ हुन्छ र वस् उमेरसँगै हाम्रो चाहनाहरु सकिने हुन् ।

७. हामी त ऐना जस्तै छौ- जस्तो छ त्यस्तै प्रतिविम्वित हुन्छौ, चिन्ता त तिनीहरुले लिनु जसको अनुहार एउटा हुन्छ र भित्री मन अर्को ।

८. जित्नेहरु मात्र होइन कहाँ र कसको अघि हार्नु पर्छ भन्ने जान्नेहरु पनि महान हुन्छन ।

९. घाउलाई लुकाउनु पनि एउटा कला हो मित्र, होइन भने यहाँ हरेकको मुठ्ठीमा नुन हुने गर्दछ ।

१०. खुसीले त आज पनि मलाई चिठ्ठी लेख्ने गर्दछ तर दुर्भाग्य मैले पुरानो ठेगाना छोडेर हिडेको वर्षौ भइसकेको छ ।

११. संगत विनाको फल हुन्छ भन्दछन तर यो झुट मान्दछु किनकि एउटा बोटमा न कहिल्यै काडाँले सुवास छर्न सक्यो न फूलले कहिल्यै रोप्न थाल्यो ।

१२. जिन्दगिलाई यति गम्भीरसँग लिनु पनि आवश्यक छैन मित्र किनकि यसबाट बचेर कोही पनि उम्कन पाउदैन ।

१३. दुनियाको सबैभन्दा ठूलो घाटा त्यो हो जहाँ दोस्रोको आखाको आशु हाम्रो कारणले आउदछ, र सबैभन्दा ठूलो उपलब्धि त्यो हो जहाँ दोस्रोको आँखामा आशु हाम्रो लागि आउदछ ।

१४. सुन्दर किताब र सुन्दर व्यक्ति सुरुवात मै बुझ्न सकिदैन यसको लागि पढ्नु आवश्यक पर्दछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !