प्रेमिल लाइनहरु

जीवन जिन्दगी सम्बन्धि केही प्रेमिल लाइनहरु

सफलता पोष्टमा हामीले लामो समय देखि शृंखलाबद्धरुपमा मनछुने भनाइहरु संकलन गरेर यहाँहरु सामु पस्कने गरेका छौ । यी भनाइ अनि लाइनहरुको खुबी यो छ कि यिनीहरुले थोरै शब्दमा नै हृदयसम्मै पुग्न सक्ने क्षमता राख्दछन र विदितै छ, यदि कसैको हृदयलाई छुन सक्नु भनेको उसलाई प्रभावित पार्नु हो, अनि प्रभावित हुनु परिवर्तनको निम्ति तयार हुनु हो । यसैले हामीले यहाँ केही मनछुने लाइनहरुको थप संकलन प्रस्तुत गर्दै छौ;

१. मुस्कान र सहयोग दुइ यस्ता अमृत हुन् जुन जति तपाई दोस्रो उपर छार्क्नु हुन्छ उति नै तपाई आफू सुगन्धित हुन सक्नुहुन्छ ।

२. सम्बन्धको अन्त्य तब हुन्छ जब एउटाको गहिरो माया अर्कोको लागि बोझ लाग्न सुरु गर्दछ ।

३. जसले आफ्नोपनको ज्यादा हल्ला गरेको थियो उ नै दुखको समयमा पर भाग्नेमा पहिलो नम्वरममा आयो ।

४. कहिलेकाही आफ्नो नजिक को छ थाहा पाउन निक्कै टाढा जानुपर्दछ ।

चाहना पनि बडो अजिबको चिज छ, त्यहिँबाट हिड्न खोज्छ जहाँ कुनै बाटो नै छैन ।

५. गुनासो यति धेरै छ कि जिन्दगि तिमीसंग अर्को जुनी वस् मलाइ सुन्नको निम्ति मात्र छुट्टयाएर आउनु ।

६. आवश्यकता भन्दा ज्यादा इज्जत र समय दिदा मानिसहरु तिमीलाई तल्लोस्तरको सम्झन थाल्दछन ।

७. मानिसहरु हौसला दिदै भन्ने गर्छन कि सधै रुने नगर्नु तर के थाहा कुनै कुनै चोट ह्रदयले थाम्न सक्दो रैनछ ।

८. जुन हात सेवाको निम्ति उठ्दछ त्यो हात प्राथना गर्ने हात भन्दा पवित्र हुन्छ ।

९. जिन्दगीले हामीलाई सधै दोस्रो मौका दिने गर्दछ जसलाई हामी आज भन्दछौ ।

१०. चाहना पनि बडो अजिबको चिज छ, त्यहिँबाट हिड्न खोज्छ जहाँ कुनै बाटो नै छैन ।

११. मानिसहरु मलाई देखेर निकै दंग पर्ने गर्छन, खै कसरी हिड्ने गर्छ यो शिर ठाडाएर यतिका ठक्करको बाबजुद पनि ।

१२. मेरो विश्वास थियो सबै मेरा आफ्नाहरु हुन् तर जब सपना बाट बिउझिए तब थाहा भयो कि बाकी सबै सपना रहेछ ।

१३. कसैको खुट्टामा गिरेर केही पाउनु भन्दा आफ्नै खुट्टामा उभिन सक्नु महान कुरा हो ।

१४. कोही हाम्रो हरेक दुखमा पनि साथ नै रहन्छन, जसलाई हामी आमा-बुवा भन्ने गर्दछौ ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!