प्रेरक लाइनहरु

हरेक दिन जिउन सिकाउने – प्रेरक लाइनहरु

पुन अर्को शृंखला मार्फत हामीले थप उर्जाशील लाइनहरु लिएर आएका छौ । सफलता पोष्टको अन्य मनछुने लाइनहरु सृखालाअन्तर्गतका सामग्री झैँ यो पटकको हाम्रो संकलन पनि यहाँलाई पक्कै मन पर्नेछ भन्ने विश्वास लिएका छौ । थप निरन्तरताको निम्ति माथी हामीलाई फलो गर्नुहोला !

१. ज्ञानले तिमीलाई शक्ति त देला तर तिमीलाई सम्मान भने तिम्रो चरित्रले नै दिनेछ ।

२. आफ्नो कुनै पनि दिनसँग नापछुताउनु, राम्रो दिनले खुसी दिन्छ, खराब दिनले अनुभव दिन्छ, खत्तम दिनले पाठ सिकाउछ र उत्तम दिनहरु स्मृतिमा रहन्छ ।

३. कहिल्यै पनि धेरै आशा नगनुहोला, त्यो धेरै आशाले धेरै पिडा पनि दिने गर्दछ ।

४. मलाइ घृणा गर्ने नयाँ मानिसहरु चाहिएको छ, पुराना जति थिए अचेल सबै मेरा प्रसंशक बनेका छन् ।

५. जब म राम्रो गर्छु कसैलाई थाहा हुदैन तर जब म केही नराम्रो गर्छु थाहा नहुने कोही हुदैन ।

६. उनीहरुले छोडेर गए भन्दैमा नरोउ, बरु आफै माथि कडा मेहेनत गर कि जसले छोडेका थिए उनीहरु छोडेकोममा पछुताउन बाध्य होउन ।

७. जसले तिम्रो मौनतालाई बुझ्न सक्दैनन् उनीहरुले कहिल्यै पनि तिम्रो आवाजलाई बुझ्न सक्नेछैनन् ।

८. जब तिमीले कसैलाई कुनैपनि शंका विना पूरा विश्वास गर्दछौ भने तिमीले या त जीवनमा एउटा अमूल्य साथी पाउछौ या जीवनको लागि अमूल्य पाठ ।

९. अहिलेको संसारको समस्या भनको असल मानिसहरुलाई प्रोत्साहित गर्न खोज्दैनन् बरु ‘युज’ मात्र गर्न खोज्दछन ।

१०. जुन कुरा बितीसक्यो त्यसलाई तिमीले परिवर्तन गर्न सक्दैनौ, यसैले यसको बारेमा सोचेर आफ्नो समय खेर नफाल ! अघि बढ यसबाट पार पाउ ।

११. पहिले म एक्लै हुन्छु कि भनेर डर मान्थे, अचेल खराब संगतमा पर्छु कि भनेर डर लाग्छ ।

१२. असल हृदयले सक्ने राम्रो गर र बदलामा केही पाउने आशा नगर तब तिमि कहिल्यै पनि निराश हुनुपर्ने अवस्था आउने छैन ।

१३. जब तिमीले पिडा भोगीसकेका छौ, दर्द सहिसकेका छौ भने अब किन हरेश खाने ? बरु यहि दर्दको सागरबाट मोती निकाल्न सक ।

१४. राम्रोको निम्त आशा गर तर खराब दिनको लागि पनि तयार भएर बस र बदलामा जे आउछ त्यसलाई स्वीकार गर्न सिक ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !