प्रेमिल लाइनहरु

शुन्दर रुपले भन्दा शुन्दर मनले जीवन शुन्दर हुन्छ – मनछुने भनाइहरु

१. राम्रो सम्बन्धको लागि बन्धन र सर्त हुन आवस्यक छैन त्यसको लागि दुइ राम्रो मन हुन आवस्यक छ। पहिलो भरोसा गर्न सकियोस् र दोस्रो त्यसलाई बुझ्ने सकियोस।

२. हार्न तब आवश्यक हुन्छ जब लडाइ अफ्ना संग हुन्छ र जित्न तब आवश्यक हुन्छ जब लडाइ आफूसंग हुन्छ।

३. यदि सम्बन्धमा पुरै विश्वास, इमानदारी र समझदारी छ भने त्यस्लाई निभाउनको लागि वचन, कसम, नियम र शर्तहरुको कुनै आवस्यकता पर्दैन ।

४. शुन्दर रुपले भन्दा शुन्दर मनले सुन्दर जीवन बनाउछ ।

५. यसरी हास्नु की जस्तो की तिमी कहिल्यै रोएकै थिएनौ, यसरी खेल्नु कि तिमी कहिल्यै हारेका थिएनौ, यसरी माया गर्नु की कहिल्यै घात हुनेछैन अनी यसरी जिउनु की भोली भन्ने चिजै छैन ।

६. नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।

७. बाटो कहिल्यै बन्द हुदैन अक्सर मान्छेहरु हिम्मत हार्छन ।

८. सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा, त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।

९. समय र जिन्दगी दुनियाकै सर्वश्रेष्ठ शिक्षक हो, जिन्दगी ले समय को सदुपयोग सिकाउछ र समय ले जिन्दगी को मूल्य बताउछ ।

१०. तागत शब्दमा राख्नुहोस आवाजमा होइन किनकी बाली बर्षातले सपार्छ बाढिले होइन ।

११. यदि तपाईं आफुले जे चाहेको हो त्यसको लागी लड्न सक्नुहुदैन भने तपाईंले जे पाउनुभयो त्यसको लागि रुनु व्यर्थ छ ।

१२. न दु:ख जिवन हो, न सुख जिवन हो, दु:ख र सुख दुवैलाइ सदुपयोग गर्न सक्नु जिवन हो ।

पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । यसर्थ अहिल्यै डाउनलोड गर्ने होइन त- डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !