१. यदि तिमि आफ्नो भाग्य बदल्न सक्दैनौ भने भाग्यप्रतिको तिम्रो दृष्टिकोण बदल ।
२. म हार स्वीकार्न सक्छु किनकि कुनै न कुनै पल हार हुने नै गर्छ तर म फेरी प्रयाश नगर्ने कुरा स्वीकार्न सक्दिन ।
३. तिमि जे हौ त्यो बन र जे अनुभूत गर्छौं त्यहि भन ! किनकि जसले यसलाई नराम्रो सोच्छन उनीहरुको यसमा वास्ता हुदैन र जसले वास्ता गर्छन उनीहरुले मनमा लिने छैनन् ।
मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।
४. तिम्रो जीवनको समय सिमित छ, यसलाई अरुको जस्तो जीवन बाच्नमा खेर नफाल ।
५. जब कुनै संघर्ष हुदैन त्यहाँ कुनै प्रगति पनि हुदैन ।
६. तिमीले छालहरुलाई रोक्न त सक्दिनौ तर छालको सहायताले कसरी माथि फड्कने भन्ने सिक्न सक्छौ ।
७. जुन सोचाइ राखेर समस्या निम्तेको हो त्यहि सोचाइ राखेर त्यसलाई समाधान गर्न सकिदैन ।
८. हामी पुतलीको सुन्दरता हेरेर मख्ख त हुन्छौ तर त्यो सुन्दरता पाउन कुन अवस्थाबाट गुज्रिएको भन्ने ख्याल गर्दैनौ ।
९. पहिले आफ्नो सोच बादल अनि बल्ल तिम्रो संसार बदलिनेछ ।
१०. बाच्नलाई सहस र हास्नलाई सन्तोष चाहिन्छ किनकि शत्रु नभएको मान्छे त हुदैन दुनियामा ।
१२. मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।
१३. एउटा राम्रो मन लाखौ राम्रा अनुहारहरु भन्दा राम्रो हुन्छ यसैले रोज्नु छ भने मन हेरेर रोज्नु, अनुहार हेरेर होइन ।
१४. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन, जसलाई फुटाउन आवश्यक पर्दैन आफै फुट्छन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !