प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बत्तीस

१. जानी जानी त कसैले मन दुखाको छैन अन्जानमा कसैको मन दुखेको भए माफ गरिदिनु ।

२. कालले कति दुख दिन्छ त्यो त थाहा छैन तर जिन्दगीले धेरै दिने रहेछ ।

३. जहाँ आफ्नो कदर हुन्न त्यहा बस्नु बेकार हुन्छ चाहे त्यो कसैको घर होस या कसैको मन किन नहोस ।

४. सेलिब्रेटिको मात्र होइन चेलिबेटीको पनि दोस्रो बिहे स्विकार गर्न सिक ।

५. जस्ले जे भनेपनी छोरिलाइ आमाले जति माया कसैले गर्दैन ।

६. घर र आगन ठूलो भए छिमेकिले मात्रै चिन्छ, मन ठूलो भए संसारले चिन्छ; त्यसैले घर होइन मन ठूलो बनाउन सिक्नुस ।

७. एक जमाना थियो झुटै भएपनी माया गर्ने मान्छे थियो वरुपरी साथी भाइ थिए अहिले त निकै एक्लो भएछु ।

८. हामी जस्तो साधारण परिवारमा जन्मेर ठुलो सपना सजाउनु नै बेकार रहेछ ।

९. गरिब न थिए तिमी जस्तो धोखेबाज त थिइन नि ।

१०. अहिले दुख छ ठिक छ तर एक दिन न एक दिन त सुखी भैएला नि जिन्दगीमा ।

११. रुप राम्रो हुनेहरु मात्र हैनन मन राम्रो हुनेहरुले पनि ठूलो प्रगती गर्छन ।

१२. मुखले take care अनि बानिले जे गरेनी गर भन्ने हरुको कमि छैन याहा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !