१. जब कठिन घडिमा जिन्दगीले नचाइरहन्छ तब ताली बजाउने नजिककै आफन्त र चिनेजानेका नै हुन्छन् ।
२. आजसम्म जो भेटे सबै पछाडिबाट छुरा प्रहारी गर्ने मात्र भेटे ।
३. आगोले हैन हजुर यहाँ रुखो बोलिले मन जलेको छ ।
४. सोचिन्छ एकथोक भइदिन्छ अर्कोथोक सोचे झै हुन्न रहेछ जिन्दगी ।
५. आफू संग जे छ त्यसैमा रमाउनु जान्नु पर्छ त्येसैले त म तिमी संग रमाउछु ।
६. आफ्नै लाग्छ्न ती मान्छेहरु जो आवश्यकता परेका बेला सल्लाह सुझाव होइन साथ र समय दिन्छन ।
७. हेर्न जान्नुपर्छ हजुर संघर्ष भित्र पनि खुसी लुकेको हुन्छ ।
८. सम्बन्ध को निश्चित आयु हुदैन यो त दुबैले एक अर्कामा गर्ने व्यबहारले तय गर्छ ।
९. यो स्थिति पार गरेको मान्छे हु त्यसैले होला दुखमा आत्तिन र सुखमा मात्तिन आएन ।
१०. माया गर्ने मान्छे होस नहोस तर सबैको जीवनमा एउटा याद गर्ने मान्छे अबस्य हुन्छ ।
११. फरक तेत्ती हो कि अन्जानमा गरेको गल्तिलाइ माफ दिइन्छ तर जानिजानी गरेको गल्तिलाइ सजाय ।
१२. मान्छे जतिसुकै सामान्य किन नहोस एउटा न एउटा को लागि त अनमोल नै हुन्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !